मोरक्को भूकम्प : दुई हजार नौ सयभन्दा बढीको मृत्यु « Khabarhub

मोरक्को भूकम्प : दुई हजार नौ सयभन्दा बढीको मृत्यु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मोरक्को– मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् । 

पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेस र आसपासका क्षेत्रमा नै भएको छ । लाखौं घरबारविहीन भएका छन् ।

भूकम्पबाट बचेकाहरू फेला पार्ने सम्भावनाहरू घट्दै गएपछि उद्धार टोलीहरूले देशका पहाडी गाउँमा राहत सामग्री पुर्‍याउने प्रयासलाई तीव्र गतिमा अघिबढाएका छन् । यद्यपि खोज तथा टोलीहरू अझै पनि जीवित भेटिने आशमा भग्नावशेष खोजिरहेका छन् । राहत सामग्रीले भरिएका सवारी साधन पहाडी सडकहरूमा लस्कर लागेर गइरहेका छन् 

मराकेसको दक्षिणका सबैभन्दा बढी प्रभावित क्षेत्रमा घरबारविहीन भएकाहरूका लागि त्रिपालमा आवासको व्यवस्था गरिएको छ । उद्यान तथा सार्वजनिक स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरेर आवासको व्यवस्था गरिएको छ । 

गत शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार नौ सय एक जनाको मृत्यु भएको तथा पाँच  हजार पाँच सय ३० जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ । भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिन भएको छ । सडक अवरुद्ध हुँदा विशाल यन्त्र लैजान नसकिएको उद्धारर्मीहरूले बताएका छन् । यद्यपि अन्य प्रभावित स्थलमा युद्धस्तरमा राहत सामग्रीसहितका टोली परिचालन भएका छन् ।

अन्तरराष्ट्रिय रेडक्रस, रेडक्रिसेन्ट, संयुक्त राष्ट्रसंघीय निकाय तथा केही स्वदेशी परोपकारी संस्था राहत सामग्री लिएर भूकम्प प्रभावित भेगमा पुगेका छन् । खोज तथा उद्धारका काम युद्धस्तरमा  भइरहेका छन् । सरकारले सबै सामाजिक सङ्घसंस्थालाई सहायताका निम्ति आह्वान गरको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ६ : १२ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि