सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : महामन्त्री थापा « Khabarhub

सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : महामन्त्री थापा


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधा आकाश ढाक्ने महिलाको संसद्मा प्रतिनिधित्व भए पनि सरकारमा महिलाको प्रतिनिधित्व कम हुनु दुर्भाग्य भएको बताएका छन् ।

नेपाल ब्युटिसियन सङ्घले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको अनाथ बालबालिका सहयोग कार्यक्रममा अब बन्ने प्रत्येक सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था कानूनमा लेखिनुपर्ने बताए ।

चुप लागेर बस्दैमा अधिकार नपाइने भन्दै उनले महिलाको समान अधिकारका लागि सबै एकजुट भएर आवाज उठाउनुपर्ने बताए । अब निर्वाचनअगावै महिलाले आफ्नो प्रतिनिधित्वका लागि आन्दोलनमा उत्रनुको विकल्प नभएको भन्दै उनले सरकारमा हुने प्रतिनिधित्वलाई महिलाको ३३ प्रतिशत पु¥याउन पनि आन्दोलन नै गर्नुपर्ने बताए ।

देशमा बेरोजगारीको सङ्ख्या दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै उनले प्रत्येक वर्ष चार लाख ९० हजारभन्दा बढी बेरोजगार देशमा बढिरहेको बताए । उनले युवा जनशक्ति विदेशिन बाध्य भएको अहिलेको अवस्थालाई सरकारले गम्भीररूपमा लिनुपर्ने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १० : २४ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली