सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : महामन्त्री थापा « Khabarhub

सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : महामन्त्री थापा


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधा आकाश ढाक्ने महिलाको संसद्मा प्रतिनिधित्व भए पनि सरकारमा महिलाको प्रतिनिधित्व कम हुनु दुर्भाग्य भएको बताएका छन् ।

नेपाल ब्युटिसियन सङ्घले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको अनाथ बालबालिका सहयोग कार्यक्रममा अब बन्ने प्रत्येक सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था कानूनमा लेखिनुपर्ने बताए ।

चुप लागेर बस्दैमा अधिकार नपाइने भन्दै उनले महिलाको समान अधिकारका लागि सबै एकजुट भएर आवाज उठाउनुपर्ने बताए । अब निर्वाचनअगावै महिलाले आफ्नो प्रतिनिधित्वका लागि आन्दोलनमा उत्रनुको विकल्प नभएको भन्दै उनले सरकारमा हुने प्रतिनिधित्वलाई महिलाको ३३ प्रतिशत पु¥याउन पनि आन्दोलन नै गर्नुपर्ने बताए ।

देशमा बेरोजगारीको सङ्ख्या दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै उनले प्रत्येक वर्ष चार लाख ९० हजारभन्दा बढी बेरोजगार देशमा बढिरहेको बताए । उनले युवा जनशक्ति विदेशिन बाध्य भएको अहिलेको अवस्थालाई सरकारले गम्भीररूपमा लिनुपर्ने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १० : २४ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७