लक्ष्मणलाई ‘गुदाकेश’ नामले किन चिनिन्छ ? « Khabarhub

लक्ष्मणलाई ‘गुदाकेश’ नामले किन चिनिन्छ ?


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

रामायण हामी सबैलाई थाहा छ । रामायणमा भएका घटनाहरू सुन्दा आनन्द नआउने सायद कोही नहोला । र रामायणको बारेमा थाहा नपाउने पनि कमै होलान् ।

हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख रामका भाइ लक्ष्मणलाई अर्को नाम ‘गुदाकेश’ भनेर पनि चिनिन्छ। आज हामी यसको कारणबारे बताउने छौँ । 

रामायणमा १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् भनेर व्याख्या गरिएको छ । आफ्नो दाइ राम र भाउजू सीताको रक्षाका लागि उनी २४ सैँ घण्टा जागा रहन चाहन्थे । यसै कारणले लक्ष्मणलाई ‘गुदाकेश’ पनि भनेर बोलाउने गरिन्छ ।

रामायणमा उल्लेख भए अनुसार वनवासको पहिलो रात राम र सीता सुतिरहेका बेला निन्द्रादेवी लक्ष्मणसामु प्रकट भइन् । लक्ष्मणले निन्द्रादेवीसँग १४ वर्ष वनवासको समयमा आफूलाई एक पटक पनि नीद नआओस् भनी वरदान मागेका थिए ।

निन्द्रादेवीले किन यस्तो वर मागेको भनेर सोधिन् । त्यसपछि लक्ष्मणले आफू सुते दाइ भाउजूको सुरक्षाका कसले गर्छ भनी प्रश्न गरे ।  निन्द्रादेवी प्रसन्न भएर भनिन्, ‘यदि तिमी सुत्न चाहन्नौँ भने तिम्रो सट्टा अरू कोही सुतिदिनुपर्छ । तब मात्र तिमीलाई यो वरदान प्राप्त हुन सक्छ ।’

त्यसपछि लक्ष्मणले आफ्नी पत्नी तथा सीताकी बहिनी उर्मिलासँग सल्लाह गरे । त्यसपछि उर्मिला १४ वर्षसम्म सुतिरहन तयार भएकी थिइन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ४१ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले