लक्ष्मणलाई ‘गुदाकेश’ नामले किन चिनिन्छ ? « Khabarhub

लक्ष्मणलाई ‘गुदाकेश’ नामले किन चिनिन्छ ?


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

रामायण हामी सबैलाई थाहा छ । रामायणमा भएका घटनाहरू सुन्दा आनन्द नआउने सायद कोही नहोला । र रामायणको बारेमा थाहा नपाउने पनि कमै होलान् ।

हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख रामका भाइ लक्ष्मणलाई अर्को नाम ‘गुदाकेश’ भनेर पनि चिनिन्छ। आज हामी यसको कारणबारे बताउने छौँ । 

रामायणमा १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् भनेर व्याख्या गरिएको छ । आफ्नो दाइ राम र भाउजू सीताको रक्षाका लागि उनी २४ सैँ घण्टा जागा रहन चाहन्थे । यसै कारणले लक्ष्मणलाई ‘गुदाकेश’ पनि भनेर बोलाउने गरिन्छ ।

रामायणमा उल्लेख भए अनुसार वनवासको पहिलो रात राम र सीता सुतिरहेका बेला निन्द्रादेवी लक्ष्मणसामु प्रकट भइन् । लक्ष्मणले निन्द्रादेवीसँग १४ वर्ष वनवासको समयमा आफूलाई एक पटक पनि नीद नआओस् भनी वरदान मागेका थिए ।

निन्द्रादेवीले किन यस्तो वर मागेको भनेर सोधिन् । त्यसपछि लक्ष्मणले आफू सुते दाइ भाउजूको सुरक्षाका कसले गर्छ भनी प्रश्न गरे ।  निन्द्रादेवी प्रसन्न भएर भनिन्, ‘यदि तिमी सुत्न चाहन्नौँ भने तिम्रो सट्टा अरू कोही सुतिदिनुपर्छ । तब मात्र तिमीलाई यो वरदान प्राप्त हुन सक्छ ।’

त्यसपछि लक्ष्मणले आफ्नी पत्नी तथा सीताकी बहिनी उर्मिलासँग सल्लाह गरे । त्यसपछि उर्मिला १४ वर्षसम्म सुतिरहन तयार भएकी थिइन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ४१ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति