आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी « Khabarhub

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल
श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले दिएको जवाफ चित्तबुझ्दो नभएको र फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै वेल घेराउ गरेका हुन् ।

मन्त्री कुमारीले जवाफ दिएपछि श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रतिप्रश्न गरेका थिए । प्रतिप्रश्नको जवाफ चित्तबुझ्दो नभएको भन्दै फेरी प्रश्न गर्न पाउनुपर्ने भन्दै उनले उठेर विरोध जनाएका थिए ।

सभामुख डोल प्रसाद अर्यालले प्रतिप्रश्नमाथि पुन प्रतिप्रश्न गर्न नमिल्ने बताए पनि साम्पाङले भने प्रश्न गर्न पाउनुपर्ने अडान कायमै राखेका थिए । साम्पाङले विरोध जारी राख्दा सभामुखले प्रक्रियालाई अघि बढाएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका हुन् ।

वेल घेराउ गर्दा सभामुख अर्यालले संसद्को विधि, नियमावली नमिच्न चेतावनी दिएका थिए । तर उनीहरुले वेल घेराउलाई जारी राखेका छन् ।

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो 

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौँ’

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

‘प्राङ्गारिक मलमा अनुदानका लागि सङ्घमा ३५ करोड र प्रदेशमा ११ करोड २४ लाख बजेट प्रस्ताव गरेको छु’

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

प्रतिनिधिसभाको बैठक जारी, हर्कको विरोध आज पनि

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ रहेको बताएका छन् । उनले चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न चाहेको बताएका हुन् ।

मंगलबार बेइजिङमा ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा उनले नेपाल–चीन सहकार्यका लागि सम्पर्क सञ्जाल ९कनेक्टिभिटी० र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता भएको उल्लेख गरे।

परराष्ट्रमन्त्री खनाल आइतबारदेखि बुधबारसम्म चीन भ्रमणमा छन्। उनको यो भ्रमण भारत भ्रमणलगत्तै भएकाले धेरैले यसलाई कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरेका छन्।

यसबारे सोधिएको प्रश्नमा मन्त्री खनालले चीन र भारत दुवैसँग सन्तुलित सम्बन्ध राख्नु नेपालको प्राथमिकता भएको बताउँदै दुवै छिमेकीलाई महत्वपूर्ण साझेदारका रूपमा वर्णन गरे।

ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो 

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

‘प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा’

महाधिवेशन तयारीबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै 

अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको हो : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरी सरकारले बजेट ल्याएको बताएका हुन् । उनले वर्तमान सरकारको दोस्रो र तेस्रो वर्ष सुधारहरूलाई अझै तीव्र पार्ने उल्लेख गरे ।

चौथो र पाँचौँ वर्षको बजेटलाई सुधार मार्फत नभई आर्थिक राजकाजको जहाज मोड्दै गन्तव्यमा पुग्ने उनले बताए । उनले वर्तमान सरकारले आगामी पाँच वर्ष मुलुकको आर्थिक क्षेत्रमा रूपान्तरण गरेपछि बिस्तारै परिणामहरू आउने र जनताले त्यसको महसुस गर्न सक्ने धारणा राखे ।

निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अगाडि नसक्ने भन्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधारका कार्यक्रम अघि सारेको स्पष्ट पारे। अर्थतन्त्र सुधारका लागि बजेट नै कुर्नु नपर्ने र आवश्यक परे मन्त्रालय वा मन्त्रिपरिषद्बाट पनि नीतिगत निर्णय हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रलाई कुशलतापूर्वक व्यवस्थापन गर्न नसक्दा त्यसको प्रभाव सबै क्षेत्रमा परेको बताए । बैंकहरुमा लगानीयोग्य पैसा उपलब्ध भए पनि निजी क्षेत्र आकर्षित नहुनुको कारणबारे राज्यले सोच्नुपर्ने उनले बताए।

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

‘नेपाल–बङ्गलादेश सहकार्यले समृद्धिमा टेवा पुग्छ’ 

राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई जना पक्राउ

रोजगारमन्त्री यादवले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न जोड दिएका छौँ

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।

सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।

त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाखभन्दा बढी रकम फिर्ता भइसकेको छ ।

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति

रौतहटको सवारी व्यवस्थापनमा सुधार

कर्णालीमा आगामी आवमा १२२ पुल निर्माण हुने

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

विश्वकपमा मेसीको ह्याट्रिकले रोनाल्डोको रेकर्ड तोडियो
सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट किन संन्यास लिएनन् भन्ने प्रश्न गर्नेहरूका लागि उनले मैदानबाटै कडा जवाफ दिएका छन् ।

आफ्नो ३९ औँ जन्मदिन मनाउन ठीक एक साता बाँकी रहँदा मेसीले बुधबार बिहान फिफा विश्वकपको समूह ‘जे’ को पहिलो खेलमा अल्जेरियाविरुद्ध सानदार ह्याट्रिक गर्दै आफ्नो पुरानो लयलाई पुनः मैदानमा उतारे ।

यो प्रदर्शनसँगै उनले आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको एउटा ठूलो कीर्तिमान समेत आफ्नो नाममा गरेका छन् । मेसी विश्वकप इतिहासमै ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी बनेका छन्, जुन रेकर्ड यसअघि रोनाल्डोको नाममा थियो ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा अर्जेन्टिनालाई ३–० को सानदार जित दिलाउने क्रममा मेसीले देशका लागि ऐतिहासिक २०० औँ खेल खेल्दै विश्वकप इतिहासमै आफ्नो पहिलो ह्याट्रिक पूरा गरे ।

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण

मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले बुधवार दक्षिण लेबनानका धेरै क्षेत्रहरूमा हवाई आक्रमण गरेको लेबनानी मिडियाले रिपोर्ट गरेका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानहरूले नबातीह अल–फाका क्षेत्र र छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताएको छ । इजरायलीहरूले जह्रानी क्षेत्रको अन्सारीह सहरमा पनि ड्रोन आक्रमण गरेको जनाइएको छ ।

सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्न अमेरिका–इरान सम्झौता घोषणा भए देखि लेबनानमा हिंसात्म गतिविधि घटेको जनाइएको छ तर सम्झौता भए पछि भएको इजरायली आक्रमणका कारण कम्तिमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।

सुधारको आशासँगै दक्षिण लेबनानका बासिन्दाहरूलाई आफ्नो बासस्थान फर्कन र आफ्नो सहर र गाउँहरूको निरीक्षण गर्न अनुमति दिएको छ, तर लेबनानी सेनाले इजरायली आक्रमणको जोखिम अझै बाँकी रहेको भन्दै स्थानीयहरूलाई फिर्तीमा ढिलाइ गर्न आग्रह गरेको छ ।

इरान समर्थित लडाकु समूह हेजबुल्लाहले मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायलमा रकेट प्रहार गरेर लेबनानलाई मध्यपूर्व युद्धमा तानेको थियो । जसको जवाफ इजरायलले हवाई तथा स्थलगत आक्रमणको छुट्टै अभियानको साथ दिएको थियो ।

अमेरिका-इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु

ट्रम्पलाई उत्तर कोरियासँग संवाद अघि बढाउन दक्षिण कोरियाको आग्रह

युक्रेन युद्धबीच कजानमा पुटिन–आसियान बैठक

भियतनाममा बिरालो उद्धार अभियान

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए




















प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ८ : ०१ बजे

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा