रुसी ओलम्पिक समिति निलम्बन « Khabarhub

रुसी ओलम्पिक समिति निलम्बन


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यद्यपि पेरिस–२०२४ मा रुसी खेलाडीहरूलाई तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिने वा नदिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । “युक्रेनको राष्ट्रिय ओलम्पिक सङ्गठन (एनओसी) को अधिकारमा रहेका क्षेत्रीय खेल सङ्गठनहरू (डोनेट्स्क, खेर्सन, लुहान्स्कजापोरिज्जिया) लाई सदस्यका रूपमा सन् २०२३ अक्टोबर ५ मा रुसी ओलम्पिक समिति (आरओसी) ले समावेश गर्न लिएको एक पक्षीय निर्णय ओलम्पिक चार्टरको उल्लङ्घन हो किनकी ओलम्मिक चार्टरअनुसार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) द्वारा मान्यताप्राप्त युक्रेनको एनओसीको क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको छ’, आईओसीले एक विज्ञप्तिमा भनेको छ । 

आईओसीको उक्त निर्णयसँगै ओलम्पिक चार्टरले परिभाषित गरेअनुसार अब आरओसीलाई राष्ट्रिय ओलम्पिक समितिका रूपमा सञ्चालन गर्ने अधिकार हुने छैन । विज्ञप्तिमा अब आरओसीले ओलम्पिक अभियानबाट कुनै रकमसमेत प्राप्त गर्न सक्ने छैन । 

विज्ञप्तिमा आईओसीले भनेको छ, ‘पेरिस–२०२४ ओलम्पिक प्रतियोगिता र मिलानो कोर्टिना–२०२६ शीतकालीन ओलम्पिक प्रतियोगितामा रुसी राहदानीधारी व्यक्तिगत तटस्थ खेलाडीहरूको सहभागिताबारे उचित समयमा निर्णय गर्ने अधिकार समितिले सुरक्षित गर्दछ ।’

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ०९ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक