फरक क्षमता भएका व्यक्तिको सशक्तिकरणका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

फरक क्षमता भएका व्यक्तिको सशक्तिकरणका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिहरूको मानव अधिकारको रक्षा, सशक्तिकरण तथा विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा अपांगतासम्बन्धी संकल्प प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अपाङ्गता भएका वा फरक क्षमता भएका राष्ट्रसेवकलाई कानुनी रूपमै विशेष संरक्षण गरिने भन्दै उनीहरुको मानव अधिकारको रक्षा, सशक्तिकरण तथा विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम राख्दै सेवा प्रदायक सबै निकायहरुमा अपांगमैत्री प्रविधि, पूर्वाधार र व्यवहारको प्रत्याभूतिमार्फत सामाजिक न्याय कायम गर्ने दिशामा पनि सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

त्यस्तै उनले अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिहरूका लागि राष्ट्रिय खेलुकद परिषदमार्फत पारा र विशेष खेलकुद प्रतियोगिता आयोजना गरिँदै आएकामा चालू आर्थिक वर्षमा पारा तथा विशेष खेलकुद प्रतियोगिता आयोजनाका लागि रू। ५० लाख बजेट विनियोजन भएको जानकारी दिए ।

उनले पारा ओलम्पिक कमिटीको सिफारिस बमोजिम अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनयन गरिने पनि बताए ।

अपांगता भएका व्यक्तिहरूको हक अधिकार प्रचलनमा सम्मानित सर्वोच्च अदालतबाट विभिन्न मितिमा भएका आदेशहरूको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको समेत उनले बताए ।

बैठकले संकल्प प्रस्तावमा उल्लेखित विषयहरुलाई एकीकृत कार्ययोजना बनाई कार्यान्वयन गर्दै बार्षिक रुपमा प्रगति प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १ : ५० बजे

१२ कक्षा पढेका तारिक रहमान : १७ महिना जेल र १७ वर्ष निर्वासनपछि बन्दैछन् बंगलादेशको प्रधानमन्त्री

ढाका- यो पटकको बंगलादेशको चुनावमा बीएनपी सामु शेख हसिना नेतृत्वको

कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका

बर्दघाटमा ट्रमा सेन्टरको स्थलगत अनुगमनमा निस्किए विनोद चौधरी

बर्दघाट– नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधि

पूर्वराजा झापाबाट फर्किँदै, एयरपोर्ट परिसरमा बढाइयो सुरक्षा व्यवस्था (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ