चाडपर्वमा हुने कालोबजारी रोक्न सुदूरपश्चिमका मन्त्री आफैँ निस्किए अनुगमनमा « Khabarhub

चाडपर्वमा हुने कालोबजारी रोक्न सुदूरपश्चिमका मन्त्री आफैँ निस्किए अनुगमनमा


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी- उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ ।

चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेशसिंह धामी आफैँ अनुगमनमा सहभागी भएका छन् ।

‘चाडवाडमा व्यवसायीले उपभोक्तालाई ठग्ने, कालोबजारी गर्ने म्याद नाघेका सामग्री वेचविखन हुने गरेको गुनासो आउने गरेको छ,’ उद्योगको अनुगमन गर्ने क्रममा मन्त्री धामीले भने, ‘त्यसतो बदमासी नहोस् भनेर उद्योगको अनुगमन गरिएको हो ।’

दैनिक उपभोग्य सामग्री बिक्रेता भन्दा पनि उपभोग्य सामग्री उत्पादन हुने ठाउँमै अनुगमन गर्दा उपभोक्ताले गुणस्तरिय सामग्री प्रयोग गर्न पाउँछन् भन्ने सोचका साथ उद्योगको अनुगमन गरिएको मन्त्री धामीले बताए । टोलीले धनगढीस्थित राजश्री फुड इन्ड्रस्ट्रिज, सुदूरफूड इन्ड्रस्ट्रिज, गोदावरी फ्लोर मिल र ठाकुर एग्रो इन्ड्रस्ट्रिजमा अनुगमन गरेको हो । सो क्रममा सुदूरफूड इन्ड्रस्ट्रिजमा सामान्य सरसफाई गर्नुपर्ने सुझाव दिइएको थियो ।

तर ठाकुर इन्ड्रस्ट्रिजमा भने अखाद्य वस्तु भएको हुन सक्ने अनुमान गरिएको छ । अनुगमनका क्रममा अन्य उद्योगबाट उत्पादन गरेर ल्याइएका चामलको बोरा भेटिएका थिए । ती बोरामा उत्पादन मिति र म्याद समाप्त हुने मिति पनि उल्लेख गरिएको थिएन । केही चामलको बोरामा भने कुनै कम्पनीको श्रोतसमेत उपलब्ध गरिएको थिए न।

उद्योगले भने कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने अनुमति लगेरमात्रै बाहिरबाट चामल ल्याइएको जनाएको छ । कम्पनीका प्रतिनिधि शुभठाकुरले बाहिरबाट कच्च पदार्थका रूपमा चामल ल्याउने अनुमति लागेको बताए पनि त्यसको प्रमाण भने बुझाउन सकेनन् ।

उद्योगमा धेरैनै समस्या देखिएको भन्दै प्रदेश सामाजिक विकास मन्त्रालयले भने बाहिरबाट चामल ल्याएर प्रशोधन गर्न पाउनेगरी लगेको अनुमति पत्र पेश गर्न एक दिनको समय दिएको छ ।

सादा बोरामा मसिनो चामलमात्रै रहेको पाइएपछि मन्त्रालयले उद्योगलाई शुक्रबारसम्म त्यसो गर्नाको कारण पेस गर्न समय दिएको मन्त्री धामीले बताए । एक दिनभित्र कागजात पेस गर्ने समयावधि दिएको भन्दै मन्त्री धामीले भने, ‘शुक्रबार सम्म चित्तबुझ्दो कागजात नआएमा नियम अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने छ ।’ मन्त्री धामीले उपभोक्तालाई ठग्न खोज्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

‘प्रदेश सरकार जनताको पक्षमा, सुशासनको पक्षमा काम गर्न कटिबद्ध भएर लागेको छ,’ मन्त्री धामीले भने, ‘उद्योगीलाई सहुलिएत दिने र सहज रूपमा काम गर्ने वातावरण निर्माण गर्न सहजिकरण गर्ने काम पनि प्रदेश सरकारले गर्ने छ, तर ठगी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छैन, त्यसो गर्ने कसैलाई पनि उन्मुक्ति दिइने छैन, कडा कारबाही गरिने छ ।’

अनुगमनका क्रममा उद्योगिका समस्या पनि सुनेको मन्त्री धामीले बताए । ‘उद्योगीले सीमा नाकामा क्यारेन्टिन नहुँदा बढी समस्या हुने गरेको, दोहोरो करको मारमा परेको जस्ता समस्या व्यक्त गरेका छन्,’ मन्त्री धामीले भने, ‘ती समस्या समाधानका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ ।’ सीमा नाकामा क्वारेन्टिन स्थापना गर्न आफूले संघीय सरकरारसँग पहल गरिरहेको मन्त्री धामीले बताए ।

मन्त्री धामीको नेतृत्वमा गएको अनुगमन टोलीमा प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक खेम चौधरी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक सन्तोष बस्याल, खाद्य प्रविधि तथा गुण निण्न्त्रण कार्यालय धनगढीका अनुगमन अधिकृत दिपक कुँवर, धनगढी उप महानगर पालिकाका प्रसितनिधि, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : ५१ बजे

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल