साइबर सुरक्षा सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा | Khabarhub Khabarhub

साइबर सुरक्षा सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

प्यूठान- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छिन् ।

राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताइन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ‘साइबर स्पेस’ लाई सुरक्षित बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै नीतिकै आधारमा साइबर सुरक्षा ऐनको विधेयक मस्यौदा गर्न सुरु गरिएको जानकारी दिइन् ।

सूचना प्रविधिको क्षेत्र क्षणक्षणमा परिवर्तन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने कानुन निर्माणलाई प्राथमिकता दिइएको उनको भनाइ छ । चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र पनि स्थापना गरिने उनले जानकारी दिइन् । साइबर अपराध नियन्त्रण गर्न साइबर सचेतनामा जोड दिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले यसलाई बृहत् सामाजिक अभियानकै रुपमा गाउँगाउँमा लैजानुपर्ने बताइन् ।

साइबर अपराधको निशानामा सबैभन्दा बढी किशोरकिशोरी परेकाले साइबर सचेतना अभियान पनि कक्षा ११ र १२ का विद्यार्थीमा केन्द्रित गर्नुपर्ने मन्त्री शर्माले बताइन् । सूचना प्रविधि आयार्जनको महत्वपूर्ण आधारका रुपमा स्थापित हुँदै गएको औल्याउँदै उनले गत वर्ष मात्रै सूचना प्रविधिको सेवा निर्यात गरेर ६८ अर्ब वैदेशिक मुद्रा भित्रिएको घटनाले सरकारलाई यससम्बन्धी नीति कार्यक्रम बनाउन उत्साहित गरेको स्पष्ट गरिन् ।

सूचना प्रविधिलाई समृद्धिको आधार बनाउन नेपाल सरकारले यससम्बन्धी व्यावसायिक तालिममा जोड दिएको उल्लेख गर्दै मन्त्री शर्माले कक्षा १२ उत्तीर्ण युवालाई लक्षित गरी अल्पकालीन तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको जानकारी दिइन् । सूचना प्रविधि सिमानाविहीन हुने भएकाले यसले भूपरिवेष्ठित मान्यता पनि तोडेको र देशभित्रै बसेर वैदेशिक मुद्रा आर्जन गर्न सकिने भएकाले नेपालका लागि यसको ठूलो सम्भावना रहेको बताइन् ।

उनले भनिन्,  “सूचना प्रविधिको दक्ष जनशक्ति विकास हुँदै गयो भने नेपाललाई युवा होइन, सेवा निर्यात गर्ने देशका रुपमा स्थापित गर्न सकिने छ ।” नेपालमा सूचना प्रविधिको क्षेत्रमा क्रियाशील कम्पनी र कार्यरत जनशक्तिको सरकारी तवरबाट अध्ययन नभएकाले यसमा सहयोग पुग्ने गरी डिजिटल च्याम्पियन र सूचना प्रविधिसम्बन्धी प्रदर्शनी पनि आयोजना गर्न थालिएको मन्त्री शर्माले जानकारी दिइन् ।

राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भीमसेन गिरीको अध्यक्षतामा भएको सम्मेलनमा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपाल टेलिभिजनका चिन्तामणि बराल, राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा शैलेन्द्र गिरी र नेपाल टेलिकमका इन्जिनियर आशिष ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ०६ बजे

छुद्र ग्रहमा पहिलोपटक देखिएको ‘जागरण’ के हो ?

एजेन्सी– खगोलविद्हरूले पहिलो पटक एउटा महाविशाल ब्ल्याक होल आफ्नो होस्ट

‘भ्रष्टाचार विरोधी अभियन्ता हौँ’ भन्दै ठगी, समातिए चार जना

काठमाडौं– भ्रष्टाचार विरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा प्रहरी

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

काठमाडौं – सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल-भारत सीमामा

बर्लिनबाट दोहा उडे राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने

‘बर्ड फ्लूले भविष्यको महामारीविरुद्ध जुध्न विश्व तयार नभएको देखायो’

एजेन्सी– अमेरिकी गाईवस्तुसहित स्तनधारी जनावरहरूमा बर्ड फ्लूको बढ्दो घटनाले भविष्यमा