एक्सले हटायो हमास सम्बद्ध सयौँ खाता « Khabarhub

एक्सले हटायो हमास सम्बद्ध सयौँ खाता


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजिक सञ्जाल एक्स (यसअघिको ट्विटर) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान नरहेको भन्दै कम्पनीले ती खाता बन्द गरेको हो ।

“एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुनसक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्वलाई एक्सले बुझेको छ”, एक्सका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भनिन्, “आतङ्कवादी सङ्गठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौँ ।”

युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ ईयू अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएका थिए । ब्रेटोनले युरोपेली युनियनभित्र अवैध सामग्री र दुष्प्रचारमा एक्सको कथित प्रयोगप्रति चिन्ता व्यक्त गरेका थिए ।

ईयूको नयाँ डिजिटल सेवा कानूनअन्तर्गत एक्स र मेटाको फेसबुक जस्ता ठूला अनलाइन प्लेटफर्मलाई अवैध सामग्री हटाउन र सार्वजनिक सुरक्षाका साथै नागरिक बहसमाथिको खतरालाई सम्बोधन गर्न सक्रिय उपाय अवलम्बन गर्न आवश्यक छ । थिएरी ब्रेटोनले गत सोमबार इजराइलमा भएको हमलापछि आफ्नो प्लेटफर्ममार्फत भएका दुष्प्रचारको सामनाका लागि गरिएका कारवाहीका बारेमा जानकारी दिन मेटा (फेसबुक) लाई पनि २४ घन्टाको समय दिएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : २१ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा