शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत « Khabarhub

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु देवेन्द्र दाहाल, सुरेश आलेमगर, सारदादेवी भट्ट, भुवनबहादुर सुनुवार, डा विमला राई पौडेल, नारायणप्रसाद दाहाल, गङ्गाकुमारी बेल्वासेले भाग लिएका थिए ।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित निर्माणधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन अध्यापन गराउन सरकारले यो विधेयक प्रस्तुत गरेको हो । सो विधेयक यही असोज १९ गते सभामा दर्ता भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज ३० गते १ बजे बस्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ४ : ५० बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन