गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने छु : आरके शर्मा « Khabarhub

गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने छु : आरके शर्मा


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसीसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने उद्घोष गरेका छन् ।

संघको ११ औं महाधिवेशन तथा निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका शर्माले शुक्रबार काठमाडौंमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा बोल्दै सो कुराको उद्घोष गरेका हुन्।

उनले भने“मेरोकार्यकालमा फुटेको होईन, जुटेको एनआरएनए बन्नेछ ।यो मेरो पहिलो प्रतिबद्धता हो । हाम्रो कार्यकाल जम्मा २४ महिनाको हुन्छ । २४ महिनाका लागि २४ कार्यक्रमको खाका बनाएको छु । त्यतिमात्र होइन, प्रत्येक ३ महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु ।”

उनले वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आठ बुँदे कार्य योजना समेत जारी गरेका छन् । सीप विकास गर्ने, भाषा र कानुनी समस्यामा परेका श्रमिकहरुलाई निशुल्क कानुनी सेवाको व्यवस्था मिलाउने, वैदेशिक रोजगारका सम्भावना बोकेका थप देशहरुसँग श्रम सम्झौता गर्ने, श्रमिकहरुको संख्या बढी भएका देशहरुको एनसीसीमा नै श्रम डेस्क राख्ने र वैदेशिक रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका योजनाहरु शर्माले सुनाए ।

उनले प्रवासमा रहेका श्रमिकहरुको आर्थिक स्थिति सुधार्न समेत पहल गर्ने प्रतिबद्धता जनाए। उनले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अभिप्रेरित गर्ने र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि आइपीओको आरक्षण कोटा बढाएर श्रमिकको सहभागिता बढाउने बताए ।

उनले विप्रेषणको सही सदुपयोग गर्दै विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनमुलक उद्यम व्यवसायमा लगाउन पहल गरिने बताए । उनले भने, “विप्रेषणको १० प्रतिशत रकम बचत गर्न लगाइ उत्पादनमूलक उद्यममा लगानी गर्ने व्यवस्था मिलाइ कामदारको भविष्य सुरक्षित गर्ने र देश विकासमा योगदान गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ ।”

‘गैर आवाशीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने उद्घोष गर्दै शर्माले श्रमिक कामदारहरुको हकहितका लागि नै आफ्नो कार्यकाल बढी व्यतित गर्ने बताए । नेपालको आर्थिक विकासमा टेवा पुराउन लगानी प्रबद्र्धन गर्ने र व्यापार घाटा कम गर्नका लागि नेपाली वस्तुहरुको निर्यात बढाउने शर्माले योजना सुनाए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ४० बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्