तिहारमा किन बालिन्छ दियो ?  « Khabarhub

तिहारमा किन बालिन्छ दियो ? 


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको दोस्रो ठुलो महान् पर्व हो तिहार । यस वर्षको तिहारको तेस्रो दिन आज गाईको पूजा गरेर मनाइँदैछ ।

तिहार लागेसँगै गाउँदेखि सहरसम्म फूल तथा बत्तीले झकिझकाउ र झिलिमिली भएको छ । सबैतिर अहिले मखमली, सयपत्री, गोदावरीलगायतका फूलहरूले सजाइएको छ ।

तिहारको अन्तिम दिन भ्रातृ द्वितीया दिदीबहिनी, दाजुभाइका लागि विशेष दिन हो । यस दिनलाई भाइटीका भनिन्छ ।

तिहारको अर्को महत्त्वपूर्ण कुरा भनेको दियो बाल्नु पनि हो । घरको वरपर चारैतिर दियो बालेर निकै आकर्षित बनाएर तिहार मनाइने गरिन्छ ।

धार्मिक विश्वास अनुसार त्रेतायुगमा भगवान् श्रीराम, लक्ष्मण र सीता १४ वर्ष वनवास पुरा गरी फर्किदा कार्तिक कृष्ण पक्षको औँसीको रात थियो ।

अयोध्यावासीले भगवान् श्रीराम, लक्ष्मण र सीताको  आगमनको खुसियालीमा उनीहरूको प्रत्येक पाइलामा दियो बालिएको हुनाले हरेक वर्ष सोही तिथिमा दीपावली गरिएको हो भन्ने गरिएको छ ।

यसका साथै कुवेर र माता लक्ष्मीको बास होस् भन्नाले पनि दियो बालिने प्रचलन रहेको छ । औँसीको रात भनेको कालो रात हो । यस रात दियो चलाउँदा उज्यालो छाउँछ ।

तिहारमा घरघरमा झिलिमिली बनाइनु धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक सबै दृष्टिले महत्त्वपूर्ण छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : २८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको