स्पेनिस ला लिगा : बार्सिलोनाको पुनरागमन जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको पुनरागमन जित


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकालेको छ । आइतबार घरेलु मैदान सेन्ट मोन्टजुइक स्टेडियममा भएको खेलमा डेर्पोटिभो आलाभेसलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेका थिए । यसअघि आलाभेसका सामु ओमोरोडियनले एक गोल गरेका थिए ।

खेल सुरु भएको १८ सेकेन्डमै ओमोरोडियनले आलाभेसका लागि सुरुवाती गोल गरेका थिए । तर ५३औँ७८औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनरागमन जित दिलाए ।

यो जितसँगै १३ खेलबाट ३० अंकसहित बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको आलाभेस १२ अंकका साथ १५औँ स्थानमा छ ।

अहिलेसम्म ३४ अंक भएको जिरोना शीर्षस्थानमा छ भने रियल मड्रिड ३२ अंकसहित दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : १९ बजे

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता