कतारकी राजकुमारी अलथानीले कोप–२८ को साइड इभेन्टमा  सम्बोधन गर्ने « Khabarhub

कतारकी राजकुमारी अलथानीले कोप–२८ को साइड इभेन्टमा  सम्बोधन गर्ने


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने कोप–२८ को साइड इभेन्टमा कतारकी राजकुमारी शेखा अस्मा अल थानी सहभागी हुने भएकी छन्। 

साथसाथै नामक संस्थाले आयोजना गर्ने साइड इभेन्टमा राजकुमारी थानीले सम्बोधन गर्ने संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।

उनका अनुसार साथसाथैले ४ डिसेम्बर २०२३ का दिन दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म ‘क्लाइमेट चेन्ज एण्ड इट्स इम्प्याक्ट अन भल्नरेबल ग्रुप्स’ (जलवायु परिवर्तन र जोखिममा रहेका समुदायमा यसको असर) शीर्षकको साइड इभेन्टमा अल थानीले सम्बोधन गर्ने भएकी हुन्।

साथसाथैकी अध्यक्ष कार्कीले भनिन्, ‘नेपालका सगरमाथासहितका हिमाल आरोहण गरेकी कतारी राजपरिवारकी सदस्यले हाम्रो निमन्त्रणा स्वीकार गर्नुभएको छ। उहाँले नेपालमा पनि लामो समयदेखि जलवायु परिवर्तनको विषयलाई नजिकबाट नियाल्नुभएको र नेपालको समुदायबाट अध्ययन गर्नुभएकोले कोप–२८ को साइड इभेन्टमा उहाँले सम्बोधन गर्नु हाम्रा लागि खुसीको विषय हो।’

नेपालमा जलवायु परिवर्तनले जोखिममा रहेका महिला, बालबालिका, असहाय, अशक्त, विपन्न तथा अल्पसंख्यक समुदायमा सबैभन्दा बढिरहेको उल्लेख गर्दै नेपालको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन कतारी राजकुमारीको सम्बोधन फलदायी हुने साथसाथैकी अध्यक्ष कार्कीको विश्वास छ।

अरब मुलुकमा रहेर महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने हिमाल आरोहण गरेकी राजकुमारी थानीले नेपालका ६ वटा हिमाल आरोहण गरेकी छिन्।

२७ मे २०२२ मा सगरमाथाको सफल आरोहण गरेकी राजकुमारी अल थानीले २८ मे २०२२ मा ल्होत्से आरोहण गरेकी थिइन् भने ९ मे २०२२ मा कञ्चनजंघा हिमालको सफल आरोहण गरेकी थिइन्। 

यस्तै, ८ नोभेम्बर २०२१ मा आमादब्लम हिमाल आरोहण गर्ने पहिलो कतारी महिला बनिन्। २०२१ को सुरुमा धौलागिरी र मनास्लुको सफल आरोहण गरेकी थिइन्। उनी आमादब्लम हिमालमा अक्सिजन बिना नै सफल आरोहण गर्ने पहिलो कतारी महिलासमेत हुन्।

साथसाथैले कोप–२८ को नेपाल पेभेलियनमा दुई वटा सइड इभेन्ट गर्ने भएको छ। ‘जलवायु परिवर्तन र जोखिममा रहेका समुदायमा यसको असर शीर्षकमा ४ डिसेम्बरमा र एड्रेसिङ लस एण्ड ड्यामेज : नेपाल्स क्लाइमेट चेन्ज इम्प्याक्ट एण्ड कम्पनसेसन शीर्षकमा ८ डिसेम्बर २०२३ मा साइड इभेन्ट गर्ने भएको हो।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ४९ बजे

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

खलङ्गा– दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको