नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी एरिका सम्मानित | Khabarhub Khabarhub

नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी एरिका सम्मानित


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएका छन् । एसएस फाउन्डेसनद्वारा आज यहाँ आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई सम्मान गरिएको हो ।

सम्मानस्वरूप उनले ३१ हजार पुरस्कार प्राप्त गरे । एरिकाले गत असोजमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ६८ केजी तौल समूहमा नेपाललाई रजतपदक दिलाएका थिए ।

एशियाली खेलकुदको इतिहासमा नेपालका लागि एरिकाले तेस्रोपटक रजतपदक दिलाएका हुन्। त्यस्तै एशियाली खेलकुदमा नेपालले कराँते खेलमा भने पहिलो रजतपदक जितेको थियो । यसअघि तेक्वान्दो खेलबाट सविता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजतपदक जितेको थियो ।

एरिकाले मेहनत गरे सफलता हासिल गर्न सकिन्छ भन्ने मनोबलले यो पदक दिलाएको भन्दै यस किसिमको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए। उनले आगामी दिनमा खेल क्षेत्रमा अझ उत्कृष्ट खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा कराते खेलका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ पनि सम्मानित भए। सम्मानस्वरूप उनले रू ३१ हजार प्राप्त गरे। उनले नेपाली खेलाडीको रगतमा साहस र वीरताको प्रतीक रहेको भन्दै मार्सल आर्ट खेलले सफलता भित्र्याउँदै आएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद पशुपति शमशेर जबराले आमनेपाली जनतालाई तिहार र छठको शुभकामना दिँदै नेपालले अन्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न नसके पनि खेलकुद क्षेत्रमा सफलता हासिल गरेकामा खुसी व्यक्त गरे। 

उनले नेपालकी १९ वर्षीया एरिकाले सानै उमेरमा यस किसिमको सफलता पाउनु गर्विलो विषय भएको उनको भनाइ थियो ।  

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : ३९ बजे

नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण

काभ्रेपलाञ्चोक– नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस सङ्क्रमण भएको

दार्चुला–टिङ्कर सडक : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ