फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित « Khabarhub

फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निरास भएका हुन् । 

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले देश बाहिरबाट वैध तथा अवैधरूपमा ठूलो परिणाममा फूल आयात भइदिँदा, विश्व आर्थिक मन्दीको प्रभाव सर्वत्र पर्दा र काठमाडौँ महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको बताए । 

आर्थिक मन्दीका कारण काठमाडौँ उपत्यकाका सटर, पसलकवल उल्लेखनीय सङ्ख्यामा खाली भएको, सञ्चालनमा आएका पनि यसअघिका तिहारमा जस्तो झकिझकाउ नदेखिएको र संस्कृतिसँग जोडिएको फूल व्यवसायको कारोबार निश्चित ठाउँबाट मात्र गर्न पाउने स्थानीय सरकारको  निर्णयका कारण फूल कृषक तथा व्यवसायी मारमा परेका फ्लोरिकल्चर एशोसिएसनले स्पष्ट गरेको छ । 

यस वर्ष तिहारमा बढीमा पाँच लाख माला आयात भए पुग्ने भनी सम्बन्धित निकायको ध्यानाकर्षण गरेकामा त्योभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएकाले नेपालमा उत्पादित फूलले बजार नपाएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । यसअघिका वर्षमा जस्तो काठमाडौँका प्रमुख चोक तथा मुख्य सडक आसपासमा फूलमाला किनबेच गर्न नपाउने कामपाको निर्णयका कारण पनि यस वर्षको तिहारमा फूल व्यवसायको कारोबार प्रभावित भएको व्यवसायीको गुनासो छ ।  

भृकुटीमण्डपमा फूलमाला बिक्री गरिरहेका धादिङको महादेवबेंसीका चन्द्रबहादुर थापा र काभ्रेपलाञ्चोकको पाँचखालकी पार्वती खरेलले वर्षौंदेखि तिहारमा फूल कारोबारमार्फत परिवारको पालनपोषणका साथै तिहार खर्चको व्यवस्था गरिँदै आएकामा यस वर्ष फूलले उचित बजार नपाउँदा तिहार मान्ने अवस्था नरहेको बताए। गाउँबाट रू सात सयका दरले ल्याएको फूल यहाँ रू तीन सयमा पनि बिक्री नभइदिँदा निरुत्साहित भएको उल्लेख गर्दै उनीहरूले फूल व्यवसायीले अघिल्ला वर्षमा जस्तै काठमाडौँका प्रमुख सडक चोकमा यमपञ्चकभर व्यवसाय गर्न पाउनुपर्ने माग गरे।

काठमाडौँ महानगरपालिकाले यस वर्ष फ्लोरिकल्चर एशोसिएसका प्रतिनिधि समेतको उपस्थितिमा भृकुटीमण्डप, बालाजु, कोटेश्वर–तीनकुने र हाँडीगाउँमा मात्रै फूल बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाएको छ । काठमाडौँ उपत्यकाको काँठ क्षेत्रसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, उदयपुरलगायत जिल्लाबाट काठमाडौँ उपत्यकामा सयपत्री फूल बिक्रीका लागि ल्याइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ४ : ५७ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर