टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो : अध्यक्ष लिङ्देन « Khabarhub

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो : अध्यक्ष लिङ्देन


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक भएपनि प्रतिबन्ध भने स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् ।

‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न ।’

टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्रै रहेको भन्दै उनले भोलि एक्स (ट्वीटर) र फेसबुकजस्ता साइट पनि प्रतिबन्ध हुनसक्ने आशंका व्यक्त गरे । कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिने उनको भनाइ छ ।

टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : २१ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा