टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो : अध्यक्ष लिङ्देन « Khabarhub

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो : अध्यक्ष लिङ्देन


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय निरंकुशताको बाटो रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक भएपनि प्रतिबन्ध भने स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् ।

‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न ।’

टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्रै रहेको भन्दै उनले भोलि एक्स (ट्वीटर) र फेसबुकजस्ता साइट पनि प्रतिबन्ध हुनसक्ने आशंका व्यक्त गरे । कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिने उनको भनाइ छ ।

टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : २१ बजे

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख