विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर १३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन विदेशमन्त्री नियुक्त
बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् । योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनक रूमा मूलधारको राजनीतिमा आएका छन् । ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा अघि उनी सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री थिए ।

त्यसैगरी, प्रधानमन्त्री सुनकले जेम्स क्लेभर्लीलाई गृहमन्त्रीमा नियुक्त गरेका छन् । क्लेभर्लीले सुएला ब्रेभरम्यानलाई गृहमन्त्रीको भूमिकाबाट विस्थापित गरेका हुन् । यसअघि उनी विदेशमन्त्री थिए । सत्ता सम्हालेको करिब १३ महिनापछि प्रधानमन्त्री सुनकको यो सबैभन्दा ठूलो फेरबदल हो । यसअघि उनले सोमबार विवादास्पद गृहमन्त्री सुएला ब्रेभरम्यानालाई बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम निर्वाचनअघि आफ्नो शीर्ष टोलीमा फेरबदल गरेका हुन् । आलोचकहरूले ब्रेभरम्यानमाथि बेलायतमा प्यालेस्टाइनी समर्थकको प्रदर्शन र प्रति–विरोधका सातामा तनाव बढाएको आरोप लगाएका थिए । उक्त आरोपसँगै स्पष्टवादी दक्षिणपन्थी नेता ब्रेभरम्यानलाई हटाउन प्रधानमन्त्री सुनकमाथि दबाब बढेको थियो ।

आफ्नो बर्खास्तपछि ब्रेभरम्यानले भनिन्, “गृहमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो, आगामी दिनमा मैले भन्नुपर्ने धेरै कुरा हुनेछन् ।” सत्तारूढ कन्जरभेटिभहरूले सुनकबाट शीर्ष मन्त्रीहरूमो ठूलो फेरबदल हुँदैछ भन्ने पुष्टि गरेपछि मन्त्रिमण्डल पुनर्गठन भएको हो । सन् २०२२ अक्टोबरमा प्रधानमन्त्री बनेपछि सुनकको यो पहिलो पुनर्गठन हो ।

“हामी यहाँ गएका छौँ”, पार्टीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “आज ऋषि सुनकले उज्ज्वल भविष्यका लागि दीर्घकालीन निर्णय लिनका लागि सरकारमा आफ्नो टिमलाई बलियो बनाउनु भएको छ, नयाँ जानकारीका लागि पर्खनुहोस् ।”

करिब १४ वर्ष सत्तामा रहेपछि टोरी पार्टीको लोकप्रियतामा असर परेसँगै बिहानसम्म घोषणा गरिने परिवर्तनले वफादार र उदीयमान युवा सांसदहरूलाई पुरस्कृत गर्ने अपेक्षा गरिएको छ । सुनक प्रधानमन्त्री भएपछि पार्टी प्रमुख प्रतिपक्षी लेबर पार्टीसँग दोहोरो अङ्कको अन्तरले पछाडि परेको छ र अर्को वर्ष हुने निर्वाचनमा पराजित हुने व्यापक अनुमान गरिएको छ ।

उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल
उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थलमा उद्धार कार्य दोस्रो दिनमा प्रवेश गरेको छ । सुरुङभित्र ४० जना कामदार फसेका छन् । उद्धार टोली सुरुङको १५ मिटरभित्रसम्म पस्न सफल भएको छ ।

उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको बताएका छन् । साथै फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन् ।

‘सुरुङ करिब ६० मिटर गहिरो छ, हामीले फोहर हटाउने क्रममा माथिबाट फोहर खसिरहेको छ, हिजो हामीले सुरुङभित्र फसेका मानिसहरूसँग सम्पर्क स्थापना गर्यौँ, हामी सुरुङभित्र करिब १५ मिटरसम्म पुगेका छौँ र अझै पनि ३५ मिटर जान बाँकी छ’, उत्तरकाशीका सर्कल अधिकारी प्रशान्त कुमारले भने, ‘अहिलेसम्म सबैजना सुरक्षित छन्, हामीले अक्सिजन र पानी उपलब्ध गराएका छौँ, हामीले सुरुङभित्र जानका लागि छेउमा अर्को बाटो बनाइरहेका छौँ ।’

उद्धार दलले सुरुङभित्र फसेका कामदारहरूलाई खाजा र पानी दिइएको भन्दै आज साँझसम्ममा भग्नावशेष पन्छाएर कामदारहरूलाई बाहिर निकाल्न सकिने अपेक्षा गरिएको जनाएको छ ।

‘हामीले फसेका कामदारहरूलाई केही चिप्स र पानी दिएका छौँ, उनीहरू सुरक्षित रहेको पुष्टि गर्दछौँ’, टोलीका सहायक कमान्डर कर्मवीर सिंह भण्डारीले भने, ‘उद्धार कार्य जारी छ, आज साँझसम्ममा भग्नावशेष पन्छाएर फसेका कामदारसम्म पुग्ने अपेक्षा गरेका छौँ, सुरुङ भत्किएको स्थानमा प्लास्टरको काम पूरा भएको थिएन ।’

शनिबार ब्रह्मखाल–पोलगाउँको सिल्क्यारा तर्फको विन्दुभन्दा करिब दुई सय मिटर अगाडि सुरुङको एक भाग भत्केको थियो ।

सी र बाइडेनबीच शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ माथि कुराकानी हुने

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनले यसै साता सान फ्रान्सिस्कोमा हुने शिखर सम्मेलनमा ‘वैश्विक शान्ति र विकास’ का बारेमा विचार विमर्श गर्ने बेइजिङले सोमबार बताएको छ । 

“दुवै राष्ट्राध्यक्षले चीन-अमेरिकासँग सम्बन्धित रणनीतिक, सामान्य र दिशात्मक मुद्दाका साथै वैश्विक शान्ति र विकाससँग सम्बन्धित मुख्य मुद्दाहरूमा गहन वार्ता गर्नेछन्”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन प्रतिस्पर्धासँग डराउँदैन तर हामी चीन-अमेरिका सम्बन्धलाई प्रतिस्पर्धाका सन्दर्भमा गरिने परिभाषाको विरोध गर्छौ ।’

यसै साता क्यालिफोर्नियामा हुने एपेक शिखर सम्मेलनका अवसरमा बाइडेन र सीबीच करिब एक वर्षमा पहिलो पटक भेट हुँदैछ । ह्वाइट हाउसका प्रेस सचिव क्यारिन जिन–पियरेका अनुसार दुवै नेताबीच थुप्रै द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाको दायराका साथै प्रतिस्पर्धालाई जिम्मेबारीपूर्वक व्यवस्थापन गर्ने तरिकाबारे कुराकानी हुनेछ । 

सी–बाइडेन शिखर सम्मेलन बेइजिङ, वासिङ्टन र अन्य स्थानमा शीर्ष अधिकारीहरूबीच हालैका महिनाहरू भएका बैठकहरूको शृङ्खलापछि हुन लागेको हो । यसअघि सी र बाइडेनबीच सन् २०२२ नोभेम्बरमा बालीमा भेट भएको थियो । 

बुधबार हुने बैठकको उद्देश्य दुवै मुलुकबीचको चिसिएको सम्बन्धलाई ‘स्थिर’ बनाउने रहेको भन्दै एक वरिष्ठ अमेरिकी अधिकारीले ठूलो परिणामको आशा नगर्न चेतावनी दिए। 

प्रवक्ता माओले सोमबार अमेरिकासँग चीनको हितलाई नोक्सान पुर्याएर आफ्नै सरोकारलाई जोड दिनुको सट्टा चीनको तर्कसङ्गत चासो र वैध विकास अधिकारलाई इमानदारीपूर्वक सम्मान गर्न आग्रह गरे । ‘अमेरिकालाई चीन परिवर्तन गर्न चाहँदैन र अमेरिकाले पनि चीनलाई आकार दिन वा परिवर्तन गर्न खोज्नु हुँदैन’, उनले भने ।

अमेरिका र दक्षिण कोरियाद्वारा संशोधित ‘अनुकूल प्रतिरोध रणनीतिमा’ हस्ताक्षर

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र धम्की सम्बन्धमा उनीहरूको संयुक्त प्रतिरोध रणनीति अद्यावधिक गरेका छन् ।

योन्हाप समाचार समितिका अनुसार ५५औँ सल्लाहकार बैठक ९एससिएम० का क्रममा दक्षिण कोरियाका रक्षामन्त्री सिन वोक–सिक र उनका अमेरिकी समकक्षी लोयड अस्टिनले ‘अनुकूल प्रतिरोध रणनीति ९टिडिएस०’ को संशोधित दस्तावेजमा हस्ताक्षर गरे।

दुवै देशले उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र र आणविक खतरालाई अझ राम्रोसँग सामना गर्ने प्रयासअन्तर्गत सोमबार ९स्थानीय समय० उनीहरूको वार्षिक सुरक्षा वर्ताका क्रममा उक्त निर्णयको घोषणा गरेका हुन् । उत्तर कोरियाको तेस्रो आणविक परीक्षणपछि सन् २०१३ मा गरिएको निर्णयपछिको यो तेस्रो संशोधन भएको योन्हापले जनाएको छ ।

उत्तर कोरियाले छ वटा आणविक परीक्षण गरेको र आफ्नो सुरक्षाका लागि पूर्वनिर्धारित आणविक हमलाहरूको प्रयोग गर्ने अधिकार निहित गरेको सन्दर्भमा उसको बढ्दो आणविक र क्षेप्यास्त्र खतराहरूलाई अझ राम्रोसँग सामना गर्न अमेरिका र दक्षिण कोरियाले मुख्य सैन्य दस्तावेजलाई अद्यावधिक गर्नका लागि काम गरिरहेका छन् ।

योन्हापका अनुसार विदेशमन्त्री अस्टिनले दक्षिण कोरियाको सुरक्षाका लागि आणविकसहित आफ्ना सबै सैन्य क्षमताहरूको प्रयोग गर्नका लागि अमेरिकाको ‘विस्तारित प्रतिरोध’ को प्रतिबद्धतालाई दोहोर्याए ।

“दक्षिण कोरियाप्रति अमेरिकी विस्तारित प्रतिरोध प्रतिबद्धता दृढ बनेको छ, सँगै हामीले यो वर्ष यी सबै गठबन्धन प्राथमिकताहरूमा असाधारण प्रगति जारी राखेका छौँ, साथै जापानसहित एउटै विचारधारा भएका मुलुकहरू पहिलाभन्दा अझ धेरै निकट रहेर काम गर्न चाहेका छौँ”, हस्ताक्षर कार्यक्रममा उनले भने ।

यसैबीच दक्षिण कोरियाली विदेशमन्त्री सिनले सन् २०२३ मा दक्षिण कोरियामा अमेरिकाको रणनीतिक सम्पत्तिहरूको बढ्दो परिचालनले वासिङ्टनको विस्तारित प्रतिरोध प्रतिबद्धताको विश्वसनीयता बढेको बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ०८ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि