दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा सरकारले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने, आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत, तिहारमा राष्ट्रपति पौडेलद्वारा गाईको पूजा, सिलिण्डर लिक भई आगलागी हुँदा पाँच लाख बराबरको क्षति, लक्ष्मीमाताको रुपमा गरियो गाई पूजालगायतका समाचारले प्रमुख स्थान पाए । 

सरकारले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने
सरकारले भूकम्प पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । प्राविधिक तयारीपछि आजैदेखि टिकटक बन्द गर्ने सरकारी निर्णय छ ।

नेपाली संस्कार, संस्कृति र पर्वहरू एकताका आधार हुन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए ।

चेपाङसँग तिहार मनाउन संस्कृतिमन्त्री चितवनमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन आएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताए।

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गरेका छन् । उनले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए।

तिहारमा राष्ट्रपति पौडेलद्वारा गाईको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुनेमा जोड दिएका छन् ।

सिलिण्डर लिक भई आगलागी हुँदा पाँच लाख बराबरको क्षति
काठमाडौँ महानगरपालिका(३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।

भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग
नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सङ्घका तर्फबाट चेक हस्तान्तरण गरेका हुन् ।

लक्ष्मीमाताको रुपमा गरियो गाई पूजा
तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पुजिन्छ । गाईलाई लक्ष्मीमाताका रुपमा पनि सम्बोधन गरिन्छ ।

खुकुरी प्रहार गरी एक युवकको हत्या
बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका-५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया-६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : १९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको