चलचित्र विकास बोर्डले गोवा फिल्म फेस्टिभलमा नेपालको स्टल राख्ने « Khabarhub

चलचित्र विकास बोर्डले गोवा फिल्म फेस्टिभलमा नेपालको स्टल राख्ने


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डले भारतको प्रतिष्ठित गोवा फिल्म फेस्टिभलमा नेपालको पनि स्टल राख्ने भएको छ । यसबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेटका लागि सहमति मागेको छ ।

बोर्डका अध्यक्ष भुवन केसी शुक्रबार अर्थ मन्त्रालयमा पुगेर गोवा फेस्टिभल अन्तर्गतको फिल्म बजारमा स्टल राख्नेबारे छलफल गरेका थिए । बोर्डका प्रवक्ता केएल बुढाथोकीले गोवा फिल्म फेस्टिभलमा स्टल राख्नेबारे बजेटसहितको माग गरिएको बताए । यसका लागि ६–७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।

नेपालले अहिलेसम्म आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्टल राखेको छैन । ‘गोवामा स्टल राख्ने निर्णय भएको छ । अब मन्त्रीले सदर गर्न मात्र बाँकी छ,’ प्रवक्ता बुढाथोकीले भने । भारतको एनएफडीसीले नेपाललाई यसबारे लिखित रुपमै पत्राचार गरेपछि यसबारे निर्णय गरेको उनले बताए ।

उक्त स्टलबाट फिल्म निर्माण र बजारीकरणको अनुभव आदानप्रदान हुने, नेपाली फिल्म ‘पिचिङ’ गर्न सक्ने, नेपाललाई अन्तर्राष्ट्रिय फिल्म लोकेसनको रुपमा प्रवद्र्धन गर्न सकिने र संयुक्त लगानीको सम्भावना खोज्न सजिलो हुने अपेक्षा गरिएको छ । ‘अर्को वर्षदेखि हामी ठूला अन्तर्राष्ट्रिय बजारमा नेपालको स्टल राख्ने योजनासहित अघि बढ्छौं,’ प्रवक्ता बुढाथोकीले भने ।

नेपालले ठूला फिल्म फेस्टिभलमा बजारीकरणको मौका गुमाएको भन्दै फिल्मवृत्तबाट पटक–पटक आलोचना हुने गरेको छ । कोरियाको बुसान फिल्म फेस्टिभलको सदस्य भए पनि नेपालले त्यसबाट लाभ लिन चुकेको टिप्पणी पनि हुने गरेको छ । भेनिस, टोरन्टो, कान्सजस्ता ठूला फेस्टिभलमा बोर्डको उपस्थिति शून्यप्रायः छ ।

गोवा फिल्म फेस्टिभल नोभेम्बर २० देखि २८ सम्म आयोजना हुँदैछ ।

स्रोत- एएनआई

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : ३२ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ