उचित कानुनी दायराभित्र रहने गरी टिकटकलाई सञ्चालन गर्न दिइनुपर्छ : सांसद पौडेल « Khabarhub

उचित कानुनी दायराभित्र रहने गरी टिकटकलाई सञ्चालन गर्न दिइनुपर्छ : सांसद पौडेल


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले उचित कानुनी दायराभित्र रहने गरी टिकटकलाई सञ्चालन गर्न दिइनुपर्ने बताएका छन् ।

सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद पौडेलले आजको सूचना प्रविधिको युगमा सामाजिक सञ्जाललाई बन्द गर्ने नभइ दुरुपयोग हुन नदिन कडाई गरिनुपर्ने उल्लेख गरेका छन् ।

‘हाल सामाजिक सञ्जालहरु सूचना प्राप्त गर्न र मनोरञ्जनका लागि मात्र नभइ व्यवसाय सञ्चालनमा समेत सहयोगी बन्दै आएका छन् ।’ उनले लेखेका छन्, ‘राज्यले सामाजिक सञ्जालको प्रयोग रोक्ने होइन, दुरुपयोग हुन नदिन कडाइ गर्ने हो ।’

दुरुपयोग सबै ठाउँमा हुने भन्दै सांसद पौडेलले सरकार स्वयंले नै सच्याउनुपर्ने कुरा सबैभन्दा बढी रहेको उल्लेख गरे ।

‘नागरिक स्वतन्त्रता उपभोग गर्न चाहन्छन् । पारदर्शीता, खुल्लापन नरुचाउनेहरु कर्तुत लुकाउन चाहनेहरु मात्र हुन् ।’ उनले लेखेका छन्, ‘बेथिति अन्त्य गर्ने नाममा स्वतन्त्रतालाई खुम्च्याउने र अन्तिममा खोस्ने कार्य किमार्थ स्वीकार्य हुन सक्दैन ।’

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : ४३ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री