उचित कानुनी दायराभित्र रहने गरी टिकटकलाई सञ्चालन गर्न दिइनुपर्छ : सांसद पौडेल « Khabarhub

उचित कानुनी दायराभित्र रहने गरी टिकटकलाई सञ्चालन गर्न दिइनुपर्छ : सांसद पौडेल


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले उचित कानुनी दायराभित्र रहने गरी टिकटकलाई सञ्चालन गर्न दिइनुपर्ने बताएका छन् ।

सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद पौडेलले आजको सूचना प्रविधिको युगमा सामाजिक सञ्जाललाई बन्द गर्ने नभइ दुरुपयोग हुन नदिन कडाई गरिनुपर्ने उल्लेख गरेका छन् ।

‘हाल सामाजिक सञ्जालहरु सूचना प्राप्त गर्न र मनोरञ्जनका लागि मात्र नभइ व्यवसाय सञ्चालनमा समेत सहयोगी बन्दै आएका छन् ।’ उनले लेखेका छन्, ‘राज्यले सामाजिक सञ्जालको प्रयोग रोक्ने होइन, दुरुपयोग हुन नदिन कडाइ गर्ने हो ।’

दुरुपयोग सबै ठाउँमा हुने भन्दै सांसद पौडेलले सरकार स्वयंले नै सच्याउनुपर्ने कुरा सबैभन्दा बढी रहेको उल्लेख गरे ।

‘नागरिक स्वतन्त्रता उपभोग गर्न चाहन्छन् । पारदर्शीता, खुल्लापन नरुचाउनेहरु कर्तुत लुकाउन चाहनेहरु मात्र हुन् ।’ उनले लेखेका छन्, ‘बेथिति अन्त्य गर्ने नाममा स्वतन्त्रतालाई खुम्च्याउने र अन्तिममा खोस्ने कार्य किमार्थ स्वीकार्य हुन सक्दैन ।’

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : ४३ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न