विवाहमा गण किन जुराइन्छ ? « Khabarhub

विवाहमा गण किन जुराइन्छ ?


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्र अनुसार विवाह गर्नपूर्व केटा र केटीको गण हेर्ने मान्यता रहेको छ ।

ज्योतिषशास्त्र अन्तर्गत देवगण, मनुष्यगण र राक्षसगण रहेका छन् । यिनै गणको आधारमा मानिसको चरित्र निर्धारण गरिएको हुन्छ ।

ज्योतिष शास्त्रअनुसार कुन गण भएका मान्छे कस्ता स्वभावका हुन्छन् त ?

देव गण
देवगणमा भएका मानिसहरू दानी, बुद्धिमान्, कम खाने खालको र कोमल हृदय भएका हुन्छन् । यिनीहरूको विचार उत्तम हुन्छ । आफ्नोभन्दा अरूको हितका लागि सोच्ने गर्दछन्  ।

मनुष्य गण
यस गणका मानिसहरू धनी र सम्पन्न हुन्छन् । यस गणका मानिसहरूका कुरा सबैले मान्ने र समाजबाट पनि सम्मान पाउने गर्छन् ।

राक्षस गण
यस गणका मानिसहरू सकारात्मक र नकारात्मक दुवै सोच्नसक्ने शक्ति भएका हुन्छन् । यिनीहरू नकारात्मक परिस्थितिलाई सामना गर्न सक्ने  सामर्थ्य राख्न सक्ने हुन्छन्  । यस्ता व्यक्तिको इच्छाशक्ति बलियो हुन्छ र उनीहरू स्वच्छन्द तरिकाले बाँच्छन् ।

ज्योतिष शास्त्र अनुसार विवाह गर्दा बर बधूको  एउटै गण हुनुलाई सबै भन्दा उत्तम मानिएको छ ।

देव गण र राक्षस गणको सम्बन्धमा र राक्षस र मनुष्य गणको सम्बन्धमा गण दोष लाग्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : २९ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको