विवाहमा गण किन जुराइन्छ ? « Khabarhub

विवाहमा गण किन जुराइन्छ ?


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

ज्योतिषशास्त्र अनुसार विवाह गर्नपूर्व केटा र केटीको गण हेर्ने मान्यता रहेको छ ।

ज्योतिषशास्त्र अन्तर्गत देवगण, मनुष्यगण र राक्षसगण रहेका छन् । यिनै गणको आधारमा मानिसको चरित्र निर्धारण गरिएको हुन्छ ।

ज्योतिष शास्त्रअनुसार कुन गण भएका मान्छे कस्ता स्वभावका हुन्छन् त ?

देव गण
देवगणमा भएका मानिसहरू दानी, बुद्धिमान्, कम खाने खालको र कोमल हृदय भएका हुन्छन् । यिनीहरूको विचार उत्तम हुन्छ । आफ्नोभन्दा अरूको हितका लागि सोच्ने गर्दछन्  ।

मनुष्य गण
यस गणका मानिसहरू धनी र सम्पन्न हुन्छन् । यस गणका मानिसहरूका कुरा सबैले मान्ने र समाजबाट पनि सम्मान पाउने गर्छन् ।

राक्षस गण
यस गणका मानिसहरू सकारात्मक र नकारात्मक दुवै सोच्नसक्ने शक्ति भएका हुन्छन् । यिनीहरू नकारात्मक परिस्थितिलाई सामना गर्न सक्ने  सामर्थ्य राख्न सक्ने हुन्छन्  । यस्ता व्यक्तिको इच्छाशक्ति बलियो हुन्छ र उनीहरू स्वच्छन्द तरिकाले बाँच्छन् ।

ज्योतिष शास्त्र अनुसार विवाह गर्दा बर बधूको  एउटै गण हुनुलाई सबै भन्दा उत्तम मानिएको छ ।

देव गण र राक्षस गणको सम्बन्धमा र राक्षस र मनुष्य गणको सम्बन्धमा गण दोष लाग्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : २९ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु