कांग्रेसबाट राष्ट्रिय सभामा मुस्लिमकाे प्रतिनिधित्व गराउन सभापति देउवालाई आग्रह  « Khabarhub

कांग्रेसबाट राष्ट्रिय सभामा मुस्लिमकाे प्रतिनिधित्व गराउन सभापति देउवालाई आग्रह 


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डा. अबुल हुसेन अन्सारीले राष्ट्रिय सभाको निर्वाचनमा अल्पसंख्यक मुस्लिम समुदायलाई समेट्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार धुम्बाराहीस्थित निवासमा डा.अन्सारीलेसभापति देउवासँग भेट गरेर  मुस्लिम समुदायलाई राष्ट्रिय सभामा टिकट दिएर स्थान दिन माग गरेका हुन् ।

डा.अन्सारीले अवसर पाउँदै आएका केही सीमित नेताहरूलाई पुन: टिकट दिएर पार्टीमा योगदान र संघर्ष गरिरहेका मुस्लिम नेताहरूको मानमर्दन नगर्न सुझाव दिएका छन् । उनले भने, ‘कांग्रेसका केही मुस्मिल नेताहरूले आरक्षण र समानुपातिकमा धेरै अवसर पाएका छन् । उनीहरू पुन: राष्ट्रिय सभामा पनि टिकटका लागि दौडधुप र चाडकी गरिरहेका छन् । सभापतिज्यूले त्यस्ता नेताहरूलाई समयमा चिन्नुपर्छ ।’

डा.अन्सारीले भने, ‘सभापतिज्यू तपाई हाम्रो अभिभावक हो । मुस्लिम समुदायमा धेरै नेताहरू छन् । राम्रो र उपयुक्त नेतालाई अवसर दिनु होला भनेर अनुरोध गरेको छु ।’

डा.अन्सारीले समानुपातिक, प्रत्यक्ष टिकट पाएका तथा पार्टीको पदाधिकारी र केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूलाई पुन: नदोहोर्‍याउन सभापति देउवासँग आग्रह गरेको बताए ।

यसअघिको राष्ट्रिय सभाको निर्वाचनका बेला कांग्रेसको तर्फबाट एक जना पनि मुस्लिम समुदायको नेताले टिकट पाएका थिएनन् ।

कांग्रेसमा मुस्लिम समुदायको नामबाट सबैभन्दा धेरै अवसर लिने नेताहरूमा फर्मुल्लाह मन्सुर, अब्दुल सतार लगायतका नेताहरू पर्छन् । उनीहरूभन्दा निकै सक्षम र योगदान दिएका मुस्मिल नेताहरू कांग्रेसमा प्रसस्त रहेको बताउदै सभापति देउवाले राष्ट्रिय सभाको टिकट वितरणमा अन्याय नगर्नेमा आफू विश्वस्त रहेको डा.अन्सारीले बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : २३ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको