जाडोको कारण देखाउँदै महासमिति बैठक सार्न देउवाको दबाब | Khabarhub Khabarhub

जाडोको कारण देखाउँदै महासमिति बैठक सार्न देउवाको दबाब


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक सर्न सक्ने नेताहरूले बताएका छन् । महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुने तय छ ।

तर जाडो बढेको भन्दै सभापति देउवाले बैठक सार्न दबाब दिएको बुझिएको छ । यही विषयको छिनोफानो गर्न कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षका केही नेताहरू बाहेक अन्य नेताहरूले यो पटक बैठक नसार्न अडान लिइरहेका छन् ।

यता, कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्धारित समयमा नै बैठक हुनेछ । उनका अनुसार पुस १६ देखि १९ सम्म नै महासमितिको बैठक हुनेछ । पौडेलले खबरहबलाई भने, ‘यो पटक बैठक सर्दैन । बाहिर आएका कुराहरू भ्रम मात्र हुन् ।’

देउवाले आफू मातहतमा रहेका नेताहरूलाई बैठक सार्नका लागि दबाब दिन सर्कुलर जारी गरेको नेताहरूको भनाइ छ । हुन त यसअघि मंसिर २३ देखि २५ सम्म बैठक बस्ने समय निर्धारण भएको थियो । तर विभिन्न कारण देखाएर कांग्रेसले महासमिति बैठक सारेको थियो ।

यता, आज संस्थापन इतर (शेखर–गगन) समूहको बैठक बसिरहेको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १ : २० बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ