मकवानपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु | Khabarhub Khabarhub

मकवानपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा ट्रकको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। 

बुधबार बिहान अन्दाजी १० बजे मनहरी गाउँपालिका-७ रमनाटारस्थित पूर्वपश्चिम सडकखण्डमा दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो। 

चितवनबाट हेटौंडा जाँदै गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले पैदल हिँडिरहेका अन्दाजी ६ वर्षीय उमेश प्रजालाई ठक्कर दिएको थियो। 

राष्ट्रिय आधारभूत विद्यालय रमनटारमा कक्षा १ मा पढ्ने प्रजा ट्रकको ठक्करपछि गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा मध्याह्न पौने १२ बजे मृत घोषणा गरिएको थियो। 

प्रहरीले उक्त ट्रक चालकलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।  

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ५६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’