मकवानपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु | Khabarhub Khabarhub

मकवानपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा ट्रकको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ। 

बुधबार बिहान अन्दाजी १० बजे मनहरी गाउँपालिका-७ रमनाटारस्थित पूर्वपश्चिम सडकखण्डमा दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो। 

चितवनबाट हेटौंडा जाँदै गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले पैदल हिँडिरहेका अन्दाजी ६ वर्षीय उमेश प्रजालाई ठक्कर दिएको थियो। 

राष्ट्रिय आधारभूत विद्यालय रमनटारमा कक्षा १ मा पढ्ने प्रजा ट्रकको ठक्करपछि गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा मध्याह्न पौने १२ बजे मृत घोषणा गरिएको थियो। 

प्रहरीले उक्त ट्रक चालकलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।  

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ५६ बजे

एकैदिन तोलामा ७ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मकवानपुर– मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

कुहिरोले ढाकेको टौदह र खोकना क्षेत्र (फोटोफिचर)

काठमाडौं– काठमाडौं उपत्यकामा जाडो सुरु भई सकेको छ । उपत्यकाको

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए 

म्याग्दी– म्याग्दीमा उत्पादन हुने कोदोका परिकारको विविधिकरण र बजारीकरण हुन

गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ ।