ताइवानी निर्वाचनलाई प्रभावित बनाउन चीनको भ्रमण कूटनीति « Khabarhub

ताइवानी निर्वाचनलाई प्रभावित बनाउन चीनको भ्रमण कूटनीति


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानमा हुन लागेको निर्वाचनलाई प्रभावित बनाउन चीनले त्यहाँका नेताहरुलाई घुमघामको व्यवस्था मिलाएको पाइएको छ । ताइवानी सुरक्षा निकायहरुले सस्तो भ्रमण, यातायात, खानपिनजस्ता सुविधा दिएर चीनको ताइवान मामिला कार्यालयले नेताहरुलाई भ्रमणमा लगेको जनाएका छन् ।

ताइवानमा अर्को वर्षको जनवरी १३ मा राष्ट्रपतीय एवम् संसदीय निर्वाचन हुँदैछ । ताइवानको कानुनले निर्वाचन अभियानमा चीनसहित ‘विदेशी दुश्मन शक्ति’ बाट पैसा लिन बन्देज लगाएको छ ।

यस कानुनको उल्लङ्घन गरेको विषयमा राजनीतिक दलका सदस्यलगायत २२ जनामाथि औपचारिक अनुसन्धान भइरहेको रोयटर्सले जनाएको छ । त्यसबाहेक अन्य ४ सय भ्रमणबारे पनि छानबिन भइरहेको जनाइएको छ ।

यस्तो भ्रमणमा गएकाहरुले आफ्नै खर्चमा जहाजको टिकट काटेपनि त्यहाँ रहँदाबस्दाको सुविधा भने चिनियाँ पक्षले तिर्ने गरेको ताइवानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । सन् २०२३ मा मात्रै ताइवानका १ हजारभन्दा धेरै स्थानीय नेताहरुले चीनको भ्रमण गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ९ : ५१ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका