धनकुटा आगलागीबाट ४९ लाखको क्षति | Khabarhub Khabarhub

धनकुटा आगलागीबाट ४९ लाखको क्षति


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिंधुवा बजारमा गएराति भएको अगलागीमा रु ४९ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । स्थानीय सन्तबहादुर राईको दुई तले काठको घरमा ललिता राईले सञ्चालन गरेको फ्रेस हाउसबाट आगलागी हुँदा बजारका पाँच घर नष्ट भएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट राईको घर पूर्णरुपमा क्षति भएको छ भने अन्य चार वटा पक्की घरको छतमा निर्मित टिनका संरचना नष्ट भएका छन् ।

आगलागीबाट राईको दुई तोला सुन र नगद रु दुई लाखसहित ३७ लाख र डिकबहादुर खड्का र होमबहादुर थापाको संयुक्त घरमा निर्मित रु पाँच लाख बराबरको छतको संरचना नष्ट भएको छ ।

त्यस्तै झमक थापाको दुई तोला सुन र रु ७० हजार नगदसहित रु पाँच लाख, अर्जुन घिमिरेको रु एक लाख र डम्बर थापाको रु ५० हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागी पीडितलाई राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन टोली उक्त स्थानमा पुगेर राहत दिने तयारी भइरहेको पालिका अध्यक्ष छत्र सुब्बाले बताए ।

पीडितलाई जनही नगद रु १५ हजारसहित बन्दोबस्तीका सामग्री दिइने अध्यक्ष सुब्बाले जानकारी दिए । बेलुका करिब ७ बजे लागेको उक्त आगो छिमेकी जिल्लाको लालिगुराँस नगरपालिका वसन्तपुर बजारबाट आएको दमकल र गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा करिब एक घण्टापछि नियन्त्रण गरिएको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ४१ बजे

खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत

काठमाडौं – खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले

दिक्तेलमा कोशीको पूर्वाधार विकास कार्यालय

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन