आजको मौसम : आंशिकदेखि सामान्य बदली « Khabarhub

आजको मौसम : आंशिकदेखि सामान्य बदली


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो ।

महाशाखाका अनुसार आज शनिवार तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको भएपनि यी क्षेत्रमा दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने भएको छ ।

पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरु ठाउँको मौसम आज सफा रहने र तत्कालका लागि वर्षा र हिमपातको सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ११ : २५ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी