एभरेष्ट बेसक्याम्प जाने मन छ : अभिनेत्री साम्राज्ञी « Khabarhub

एभरेष्ट बेसक्याम्प जाने मन छ : अभिनेत्री साम्राज्ञी


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन् । होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जुर्‍यो । फिल्म ‘ड्रिम्स’ बाट अभिनयमा पाइला चालेपछि मात्र साम्राज्ञीले नेपाल दिल खोलेर घुम्न पाइन । मनाङ र मुस्ताङबाट घुम्न सुरु भएको उनको यात्राले पहाड र तराई पनि छिचोलिसकेको छ ।

साम्राज्ञी फिल्मकै सुटिङका लागि मनाङ, मुस्ताङ, पोखरा, तिलिचो ताललगायतका स्थानमा पुगिसकेकी छन् । ‘मलाई अब एभरेष्ट बेसक्याम्प जाने मन छ । फिल्मको कामबाट फुर्सद पाउनासाथ जाने सोच बनाएकी छु । विश्वकै अग्लो स्थान भएकाले पनि त्यहाँ जीवनमा एकपटक पुग्न मन छ’, उनी भन्छिन्, ‘म नेपालमै जन्मेर त्यहाँ पुगेको छैन । तर त्यहाँ पुग्नकै लागि विश्वबाट मान्छे आउँछन् । सायद उनीहरू आएको देखेर पनि हो कि मलाई त्यहाँ जाने लोभ एकदमै छ ।’

साम्राज्ञीले विदेशको हकमा जापान, लण्डन, अष्ट्रेलिया र फिलिपिन्स घुमिसकेकी छन् । शुक्रबारबाट हलमा प्रदर्शनरत फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियरका लागि उनी अमेरिका जाने तयारीमा छिन् । यसबाहेक अमेरिकामै हुन लागेको नेफ्टा अवार्डमा पनि उनी उपस्थिति जनाउँदैछिन्

साम्राज्ञीलाई इटाली र ग्रीस एकदमै जान मन लागेको देश हो । ‘ग्रीस इतिहासले गर्दा घुम्न जान मन लागेको ठाउँ हो । ग्रीसको इतिहासका बारेमा स्कुल र कलेजमा पढेकी छु । त्यसबारे थप अध्ययन गर्न पनि मलाई त्यहाँ पुग्न मन छ’, साम्राज्ञी खुल्छिन्, ‘इटाली चाहिँ आफैंमा कलरफूल देश हो । यो देश ब्राइट, रोमान्टिक र फिल्मी शैलीको लाग्छ । त्यसकारण यहाँ पनि पुग्ने मन छ ।’

घुमन्ते बानीले आफ्नो जीवनमा केही परिवर्तन आएको अनुभव साम्राज्ञीमा छ । दिमागमा कुनै कुरा नराखी घुम्नाले पनि आफू समाज र स्थानीयसँग घुलमिल भएको उनको दाबी छ । ‘म केही सीमा निर्धारण नगरी घुम्छु । किनकी सीमा निर्धारण गर्दा नयाँ कुरा हेर्न पाइदैन । त्यसकारण खुला दिमागले घुम्न रुचाउँछु’ उनी भन्छिन्, ‘घुम्दा धेरै कुरा सिक्न पाइदो रहेछ । ‘ए यस्तो पनि हुन्छ? भन्ने धेरै कुरा देख्न पाएकी छु । मैले खानेकुरामा परिवर्तन पाएकी छु । फरक फरक स्थानका खानाले स्वाद पनि फेरिदिएको छ । मैले पहिलो पटक मुस्ताङमा सिस्नो खाएको थिएँ । त्यहाँको होटलको दिदीले दुधमा हालेर सिस्नो दिनुभएको थियो । घुम्दाको अर्को फाइदा भनेको स्थानीयको बोली र व्यवहारलाई नजिकबाट बुझ्नु पनि हो ’

फिल्मको सुटिङ हेर्न भीड नलाग्ने कुरै हुँदैन । त्यो भीडले साम्राज्ञीको घुम्ने कामलाई अवरोध गरेको छैन । ‘फिल्म सुटिङबाहेकको भीडमा म जादिनँ । गएको अवस्थामा पनि नचिन्ने गरी स्कार्फ, टोपी लगाएर अलग्गै बस्छु । कसैले मलाई चिन्नु भएर फोटो खिच्न अनुरोध गर्नुभयो भने त्यसमा स्वीकृति दिन्छु’, उनी भन्छिन् ।

साम्राज्ञीले बाल्यकालमा केही समय भाई र साथीसँग घुम्ने अवसर पाइन् । अहिले उनको भाई अध्ययनरत रहेकाले घुमाईको कारण भाईको पढाईमा अवरोध नहोस् भन्ने उनको चाहना छ । सोहीकारण अहिले फुर्सदमा उनी साथीभाईसँग घुम्न निस्किन्छिन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  २ : ०७ बजे

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट

आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै

लमजुङ– केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा भयो

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ