सुन्तला बिक्री गरेर मनग्य आम्दानी  « Khabarhub

सुन्तला बिक्री गरेर मनग्य आम्दानी 


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दिपायल– डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् ।

सुन्तला सरदर प्रतिकिलो ७० देखि ८० मा बिक्री भइरहेको किसानले बताएका छन् । जिल्लाभित्र तथा जिल्ला बाहिरका व्यापारी कृषकको बारीसम्म सुन्तला खरिद गर्न आउने गरेका  कारण बजारको समस्या नभएको जोरायल गाउँपालिका-६ का वडाध्यक्ष गणेश बोहराले बताए। 

‘जोरायलबाट मात्र यस वर्ष दुई करोडको सुन्तला बिक्री भएको छ’, उनले भने । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । जिल्लामा गत आवमा २८५ हेक्टरमा दुई हजार पाँच सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष तीन सय १३ हेक्टरमा गरिएको खेतीबाट तीन हजार मेट्रिकटन सुन्तला उत्पादन भएको उनले बताए ।

जेरायल गाउँपालिका-१ को निरौली, बडीकेदार गाउँपालिकाको पातल, मुडा, रजेडा, छेडा, टिमिट्ट लाना, खेतालीलगायतका स्थानमा सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको छ । बडीकेदार गाउँपालिका-१ पातलबाट करिब ५० लाख बराबरको सुन्तला बिक्री भएको समैजी कृषि समूहका अध्यक्ष टेकबहादुर क्षेडालले बताए । यसपाली प्रतिकिलो ७० का दरले सुन्तला बिक्री भएको छ ।

बडीकेदार–१ वडाध्यक्ष डबल बोहरा सुन्तलाखेती हुने गाउँ सडक सञ्जालसित जोडिएका बताउँछन् । ‘गत वर्षभन्दा सुन्तला उत्पादन बढेको छ, मूल्य पनि राम्रै पाइएको छ’, उनले भने। सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । 

सुन्तला बिक्रीबाट यस वर्ष रु १० लाखसम्म आम्दानी भएको बडीकेदार–४ का चक्र जेठराले बताए । उनी १० वर्षदेखि सुन्तला खेती गर्दै आएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिए पनि सुविधा पाउन नसकेको यहाँका कृषकले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  २ : ५९ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्