सुदूरपश्चिम प्रदेशसभा बैठक आज साँझ ६ बजे बस्ने  | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभा बैठक आज साँझ ६ बजे बस्ने 


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ६ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सुदूरपश्चिममा सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी उम्मेदवार रहेका छन् । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार पनि निर्वाचन गरिएको थियो । 

तर, निर्वाचनमा दुई वटै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । बिहीबार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए, भने भीम भण्डारीले २७ मत प्राप्त गरेपनि एक मत बदर भएको थियो । सभामुखको निर्वाचन कार्यतालिका सहित शुक्रबार ११ बजेका लागि पनि बैठक आह्वान गरिएको थियो । तर, प्रदेश सभाको अध्यक्षता गरिरहेका जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले कानूनी परामर्श लग्नु पर्ने भन्दै शुक्रबार बोलाइएका बैठक स्थगित गरेका थिए । उनले शुक्रबार दोश्रो पटकका लागि पनि बैठक आह्वान गरेनन् । 

जेष्ठ सदस्यले बैठक स्थगित गरेपछि सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबार साँझ बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका थिए । सत्तारुढ दलको दबाबपछि आज  बिहान बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पछि साँझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिममा २ माघसम्म सभामुख चयन भइसक्नुपर्ने छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार २ माघमा प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन पूरा हुनेछ । २ माघभित्र सभामुख चयन नभए संवैधानिक जटिलतातर्फ प्रदेशसभा धकेलिने छ 

सभामुखको भूमिकाप्रति सत्तापक्ष सशंकित

सभामुखको जिम्मेवारी सम्हालेका व्यक्तिनै उपस्थित नभएपछि प्रदेशसभा सचिवालयले शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना टाँसेको थियो । प्रदेश सभा सचिवालयले बैठक अनिश्चित कालका लागि स्थगित गरेपछि सत्तारुढ दलहरू सभामुखको भूमिका प्रति शसंकित बनेका छन् ।

‘खासगरी प्रदेशसभाको पहिलो बैठक बसेको ३० दिनभित्र प्रदेश सभाबाट सभामुख चयन भइसक्नुपर्ने हो,’ प्रदेश सभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले भने, ‘त्यो मिति २ माघमा सकिँदैछ, त्यसपछि के गर्ने भन्ने संविधानमा उल्लेख छैन, सभमुखका कारण हामी संवैधानिक जटिलतातर्फ गइरहेका छौं ।’ शुक्रबार ११ बजेपछि सभामुख भट्ट सम्पर्कमै नआएका उनले बताए । 

माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबारनै प्रदेशसभा बैठक आह्वान गरी सभामुख चयनको कार्यसूची पेश गर्न प्रदेश सभा सचिवालयलाई आग्रह गरिएको पाठकले बताए । 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ०४ बजे

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

सिन्धुपाल्चोक – यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

काठमाडौं– नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन