सुदूरपश्चिम प्रदेशसभा बैठक आज साँझ ६ बजे बस्ने  « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा बैठक आज साँझ ६ बजे बस्ने 


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ६ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सुदूरपश्चिममा सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी उम्मेदवार रहेका छन् । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार पनि निर्वाचन गरिएको थियो । 

तर, निर्वाचनमा दुई वटै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । बिहीबार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए, भने भीम भण्डारीले २७ मत प्राप्त गरेपनि एक मत बदर भएको थियो । सभामुखको निर्वाचन कार्यतालिका सहित शुक्रबार ११ बजेका लागि पनि बैठक आह्वान गरिएको थियो । तर, प्रदेश सभाको अध्यक्षता गरिरहेका जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले कानूनी परामर्श लग्नु पर्ने भन्दै शुक्रबार बोलाइएका बैठक स्थगित गरेका थिए । उनले शुक्रबार दोश्रो पटकका लागि पनि बैठक आह्वान गरेनन् । 

जेष्ठ सदस्यले बैठक स्थगित गरेपछि सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबार साँझ बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका थिए । सत्तारुढ दलको दबाबपछि आज  बिहान बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पछि साँझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिममा २ माघसम्म सभामुख चयन भइसक्नुपर्ने छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार २ माघमा प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन पूरा हुनेछ । २ माघभित्र सभामुख चयन नभए संवैधानिक जटिलतातर्फ प्रदेशसभा धकेलिने छ 

सभामुखको भूमिकाप्रति सत्तापक्ष सशंकित

सभामुखको जिम्मेवारी सम्हालेका व्यक्तिनै उपस्थित नभएपछि प्रदेशसभा सचिवालयले शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना टाँसेको थियो । प्रदेश सभा सचिवालयले बैठक अनिश्चित कालका लागि स्थगित गरेपछि सत्तारुढ दलहरू सभामुखको भूमिका प्रति शसंकित बनेका छन् ।

‘खासगरी प्रदेशसभाको पहिलो बैठक बसेको ३० दिनभित्र प्रदेश सभाबाट सभामुख चयन भइसक्नुपर्ने हो,’ प्रदेश सभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले भने, ‘त्यो मिति २ माघमा सकिँदैछ, त्यसपछि के गर्ने भन्ने संविधानमा उल्लेख छैन, सभमुखका कारण हामी संवैधानिक जटिलतातर्फ गइरहेका छौं ।’ शुक्रबार ११ बजेपछि सभामुख भट्ट सम्पर्कमै नआएका उनले बताए । 

माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबारनै प्रदेशसभा बैठक आह्वान गरी सभामुख चयनको कार्यसूची पेश गर्न प्रदेश सभा सचिवालयलाई आग्रह गरिएको पाठकले बताए । 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ०४ बजे

गौरी कुमारीलाई अर्को स्पष्टीकरण सोध्ने तयारीमा थिए प्रधानमन्त्री बालेन

काठमाडौं– उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार

सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा

राजीनामा दिएर मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक