मधेस प्रदेशसभाको सभामुखमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने « Khabarhub

मधेस प्रदेशसभाको सभामुखमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मधेस प्रदेशसभाको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जङ्गीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (माओवादी केन्द्र) को प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमतसहित सत्तारूढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन् ।

मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका राम अशिष यादव, जनमतका महेश यादव रहेका छन् । रायको प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव रहेका छन् । सभामुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार मण्डलले आफूसँग पाँच दल एमाले, जसपा, लोसपा, जनमत र माओवादी गरी कुल ७० सांसदको समर्थन रहेको बताए ।

सभामुखमा उम्मेदवारी दिएको कांग्रेसले भने राजनीतिमा सधैँ जितका लागि मात्र उम्मेदवारी नहुने भन्दै हारमा पनि राजनीति र शक्ति हुने बताए । यद्यपि माघ २ गते सभामुख चुनिने कार्यतालिका रहेकाले दुई दिनमा जे पनि हुनसक्ने उनको तर्क छ ।

माघ २ गते सभामुख चयनको कार्यतालिकाका साथसाथै मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यतालिकासमेत रहेको प्रदेशसभा सचिवालयले सञ्जीव रञ्जित यादवले बताए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ४५ बजे

पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक