सभामुख चयनसम्बन्धी प्रस्ताव बहुमत नपुग्दा अस्वीकृत « Khabarhub

सभामुख चयनसम्बन्धी प्रस्ताव बहुमत नपुग्दा अस्वीकृत


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।

सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएका हुन् ।

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काको प्रस्ताव उपर गरिएको मत विभाजनमा ‘हुन्न’ भन्ने पक्षमा २२ मत र ‘हुन्छ’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उनीको समर्थकमा पृथ्वीबहादुर सिंह छन् ।

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले) की जानकी ऐर बमले राख्नुभएको अर्को प्रस्ताव उपर भएको मतविभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २२ र ‘हुन्न’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उनको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल छन् ।

आजको बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसकी सरस्वती खड्का अनुपस्थित थिए । नागरिक उन्मुक्तिका सबै सात सदस्य बैठकमा उपस्थित भए पनि मत विभाजनमा तटस्थ बसेका थिए । सभामुखको भूमिकामा रहेका नेपाली कांग्रेसका शिवराज भट्टले मत विभाजनमा भाग लिएका थिए ।

सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । सअघि बिहीबार बसेको बैठकमा भएको सभामुख निर्वाचनसम्बन्धी दुई प्रस्ताव पनि आवश्यक बहुमत नपुग्दा अस्वीकृत भएको थियो ।

उक्त दिनको मत विभाजनमा सत्ता पक्ष एमालेका एक र नागरिक उन्मुक्तिका एक सदस्य अनुपस्थित हुनु भएको थियो भने सत्ता पक्षकै एक सदस्यको मत बदर भएको थियो ।

आजको बैठकमा सभामुखको भूमिकामा रहेका भट्टले सभामुख चयन गर्न आवश्यक बहुमत सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराए ।

भण्डारी सत्ता पक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट र रावल नेपाली कांग्रेसका तर्फबाट सभामुखको उम्मेदवार छन् । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, राप्रपाका सदस्यले मत जाहेर गरेका थिए । रावलको पक्षमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र सदस्यले मत जाहेर गरेका थिए ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा काँग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य छन् ।

आजको बैठकको प्रारम्भमा दिइएको विशेष समयमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, माओवादी केन्द्रका रमेशसिंह धामी, एमालेका धर्मराज पाठक, नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले समसामयिक विषयमा धारणा राखेका थियो । अर्को बैठक यही माघ २ गते बिहान ९ बजे बस्ने कार्यक्रम छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । आउने माघ २ गते यो अवधि पूरा हुँदैछ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : १७ बजे

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल