स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बस सेवा « Khabarhub

स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बस सेवा


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ ।

शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो ।

शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क प्रदान गरिएको राससलाई जानकारी दिए ।

काठमाडौँको उत्तरी भाग शङ्खरापुर नगरपालिकामा पर्ने मणिचुड पर्वतको दुई पहराको बीचमा अवस्थित बज्रयोगिनी मन्दिर धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । भगवान बुद्धको तपस्याबाट प्रशन्न भई प्रकट भएकी पार्वती नै बज्रयोगिनी भएको किवंदन्ती छ । यहाँ बौद्ध र हिन्दू परम्पराअनुसार देवीको पूजा गरिन्छ ।

उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन् । यस्तै शालिनदी मेला भर्न गएका भक्तजनसमेत एकपटक बज्रयोगीनी मन्दिरसम्म पुग्ने गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १० : ०४ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान