भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप दिन सुरु « Khabarhub

भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप दिन सुरु


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पीपीआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो । सोमबारदेखि सुरु भएको खोप अभियान एक सातासम्म चल्नेछ ।

बाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि यो खोप दिने गरिएको उनले बताए । केन्द्रले निःशुल्क खोप उपलब्ध गराउँदै आएको छ । पीपीआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । नेपालमा आर्थिक वर्ष २०५०-५१ सालमा पहिलो पटक देखापरी त्यसपश्चात् यस रोगको प्रभावले ठूलो क्षति बेहोर्नु परेको थियो । यो रोगबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न आव २०५८-५४ देखि खोप सेवा सञ्चालन हुँदै आएको उनले जानकारी दिए । 

रोगी भेडाबाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको लसपस भएको दाना, घाँसपात, सोत्तर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट सर्ने गर्दछ । यो रोग लागेका बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने र उग्राउन छाड्ने जस्ता लक्षण देखापर्ने न्यौपानेले बताए । उनका अनुसार आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिङ्गान बग्ने, गिजा र मुखभित्र घाउहरु देखिने, बथानमा एकैपटक धेरै बिरामी पर्ने जस्ता लक्षण देखिने गरेको छ ।

रोगबाट बचाउन कृषकहरूले बाहिरबाट ल्याएका भेडाबाख्रालाई कम्तीमा पनि १० दिनसम्म घरगोठमा रहेका पशुवस्तु नमिसाई अलग्गै राख्ने, त्यस अवधिमा रोगका कुनै लक्षण नदेखिएमा मात्र बथानमा मिसाउने, रोगी पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार नगर्ने गर्न उनको सुझाव छ । 

उनले रोगी भेडाख्रालाको हेरचाह गर्ने व्यक्ति अन्य स्वास्थ्य भेडाख्राबाको हेरचाह गर्नु पर्दा हातखुट्टा धोएर तथा लुगा कपडा, जुत्ता, चप्पल फेरेर मात्र गर्ने, भेडाबाख्रालाई हरेक तीनऔतीन वर्षमा अनिवार्य रूपमा पीपीआर खोप लगाउन, जैविक सुरक्षा कडाइका साथ अवलम्बन गर्नुपर्ने पनि सुझाव दिए।

खोप अभियानमा छुटेका भेडाबाख्रालाई अभियानपछि समेत खोप दिइने उनले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ४३ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट