पूर्वगृहमन्त्री खाँणसँग भारतीय विदेश सचिव क्वात्राको भेट « Khabarhub

पूर्वगृहमन्त्री खाँणसँग भारतीय विदेश सचिव क्वात्राको भेट


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् । भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ ।

त्यस्तै कांग्रेस नेतासमेत रहेका खाँणले विदेशसचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए ।

त्यस्तै पूर्वगृहमन्त्री खाँणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्ने विषयमा पनि क्वात्रासँग छलफल गरेका छन् । थप हवाइ रुट दिन पहल गरिदिन खाँणले क्वात्रासँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ७ : ४३ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट