पाँचथरमा भीरबाट लडेर वृद्धको मृत्यु « Khabarhub

पाँचथरमा भीरबाट लडेर वृद्धको मृत्यु


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ गैरीगाउँमा भीरबाट लड्दा एक वृद्धको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका-८ खैरेनी बस्ने ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।

माघ २९ गते ३५ वर्षीय श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीका साथ मोरङदेखि पाँचथरको मिक्लाजुङ ६ मेवाखोलामा रहेको ससुराली घर आउने क्रममा भीरबाट लडेका हस्तबहादुरको मंगलबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए ।

हस्तबहादुर २९ गते नै भीरबाट लडे पनि श्रीमती सरिताले २ दिन ढिलो गरी प्रहरीमा निवेदन दिएको उनको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी खान्द्रोङबाट खटिएको प्रहरी र स्थानीयले खोजी गर्दा हस्तबहादुरको शव भेटिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : ०८ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट