कृषिजन्य वस्तुको आयात प्रतिस्थापनमा जोड « Khabarhub

कृषिजन्य वस्तुको आयात प्रतिस्थापनमा जोड


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कृषिको व्यावसायिक विकास र प्रवद्धन गर्न बुटवलमा आजदेखि कृषि मेला सुरु भएको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना गरिएको उक्त मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । सो अवसरमा उनले मुलुकको अर्थतन्त्र सुधारका लागि भइरहेको कृषिजन्य वस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिनुपर्ने बताए ।

मुलुकको अर्थव्यवस्था सुधारका लागि अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषिको व्यावसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनुपर्ने उल्लेख गर्दै उनले यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खाँ र बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले कृषिको व्यावसायिक विकासका लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको वस्तु उत्पादन, उत्पादित वस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्ने भन्ने विषयमा ध्यान दिनुपर्ने भनाइ राखे ।

बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको कृषि मेला यही फागुन ६ गतेसम्म चल्ने छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ नाराका साथ कृषि मेला आयोजना गरिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : १९ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट