भ्यागुते रोगको प्रकोपले नाइजेरियामा ४० जनाको मृत्यु « Khabarhub

भ्यागुते रोगको प्रकोपले नाइजेरियामा ४० जनाको मृत्यु


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भ्यागुतेरोग (डिप्थेरिया) को सङ्क्रमणले नाइजेरियामा ४० जनाको निधन भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २०२२ यता देशका विभिन्न चार राज्यमा सङ्क्रमणबाट ४० जनाको मृत्यु भएको र २१६ सङ्क्रमणका घटनाहरू पुष्टि भएको बताएका छन् ।

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले उत्तरी राज्य कानोमा ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने दक्षिणपश्चिमी राज्य लागोसमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसैगरी उत्तरपूर्वी राज्य योबेमा दुईवटा सङ्क्रमणका घटना पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । उता दक्षिणपश्चिम राज्य ओसुनमा एउटा सङ्क्रमणको घटना पुष्टि भएको र एकजनाको मृत्यु भएको बताइएको छ ।

कुल २१६ जनामा सङ्क्रमणकप घटना पुष्टि भएकामा १८४ जना चाँहि २ देखि १४ वर्ष उमेरका थिए ।
यसै बीच महामारी फेलिने सन्त्रासपछि एजेन्सीले प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ ।

डिप्थेरिया एक प्रकारको ब्याक्टेरिया सङ्क्रमण हो जुन कोरिनेब्याक्टेरियम प्रजातिको ब्याक्टेरियाले गर्दा मानिसको नाक, घाँटी र कहिलेकाहीँ छालालाई असर गर्छ। डिप्थेरियाका लक्षणहरूमा ज्वरो आउने, नाक बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, आँखा रातो हुने र घाँटी सुन्निने जस्ता लक्षणहरू पर्दछन्। गम्भीर अवस्थामा, टन्सिल वा घाँटीको पछाडि बाक्लो खैरो वा सेतो दाग देखिन्छ जसले गर्दा सास फेर्न गाह्रोसँग सम्बन्धित छ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : २६ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको