सचिव र सहसचिवलाई ७ दिन भित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन « Khabarhub

सचिव र सहसचिवलाई ७ दिन भित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ ।

निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताबखानाले जनाएको छ। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेको छ।  

सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि शुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अद्यावधिक भए नभएको बुझन  विवरणबारे जानकारी लिन खोजिएको स्रोतले  बताएको छ। 

विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : ०९ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक