सचिव र सहसचिवलाई ७ दिन भित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन « Khabarhub

सचिव र सहसचिवलाई ७ दिन भित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ ।

निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताबखानाले जनाएको छ। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेको छ।  

सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि शुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अद्यावधिक भए नभएको बुझन  विवरणबारे जानकारी लिन खोजिएको स्रोतले  बताएको छ। 

विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : ०९ बजे

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली

अझै निको भएनन् नेयमार, नकआउट चरणसम्म ब्राजिलको टोलीमा फर्किने सम्भावना कमजोर

न्यूयोर्क- ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको नकआउट चरणका खेल

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

एजेन्सी– अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ होर्मुज मार्फत ढुवानी