विषाक्त खाएर मरेका स्यालको सिनो खाँदा गिद्धको मृत्यु « Khabarhub

विषाक्त खाएर मरेका स्यालको सिनो खाँदा गिद्धको मृत्यु


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी नवलपरासीमा विषाक्त सिनो खाएर लोपोन्मुख गिद्ध मरेका छन् । कावासोती नगरपालिका–३, केरूङ्गे खोलामा विषाक्त सिनो खाएर तीनवटा गिद्ध मरेका हुन । झन्डै १ दर्जन गिद्ध बिरामी भएका छन् । कावासोती–३ को केरूङ्गे खोलामा मरेका तीनवटा स्यालको सिनो खाएका गिद्धहरू मरेको जटायु रेस्टुरेन्टका व्यवस्थापक ईश्वरी चौधरीले बताए । ‘प्रारम्भिक अनुसन्धान अनुसार विषादी खाएर मरेको स्यालको सिनो खाएका कारण गिद्धहरू मरेको देखिन्छ’ ईश्वरी चौधरीले भने ।  

घरपालुवा जनावरले दुःख दिएपछि विष हालेको खाना वा कुनै आहार किसानले राखेको र सोही विषाक्त खाना मृतक स्यालले खाएको हुन सक्ने अनुमान गरिएको छ  । विष खाएर मरेको सोही स्यालको मासु खाएर गिद्ध मरेको डिभिजन वन कार्यालय नवलपुर कावासोतीका सहायक वन अधिकृत शिशिर लम्सालले बताए । उनका अनुसार बिरामी परेका गिद्धको भने उपचार भइरहेको छ । उनका अनुसार जंगली जनावरको मासु खाएर गिद्ध मरेको घटना सम्भवतः नेपालमै यो पहिलो हो ।

गिद्ध मरेको र बिरामी परेको थाहा पाएपछि गिद्ध संरक्षणमा अभियान थालेका जटायु रेस्टुरेन्टका कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका टोली घटनास्थल पुगेका थिए । विषाक्त सिनो खाएर डङ्गर जातको हिमाली गिद्ध मरेको र बिरामी परेको पाइए पछि थप मरेको वा बिरामी भएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको र सो खोजी कार्य केही दिन लाग्न सक्ने उनको भनाइ छ ।

 दुई दिनअघि मात्र डङ्गर जातको १० वटा गिद्ध प्रजनन केन्द्रबाट हुर्काएर प्राकृतिक बासस्थान जंगलमा छाडिएको थियो । गत वर्ष पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा विष खुवाएर मारिएका कुकुरको सिनो खादा ठूलो सङ्ख्यामा गिद्धहरू मरेका थिए । 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ११ : ०४ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक