विषाक्त खाएर मरेका स्यालको सिनो खाँदा गिद्धको मृत्यु « Khabarhub

विषाक्त खाएर मरेका स्यालको सिनो खाँदा गिद्धको मृत्यु


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी नवलपरासीमा विषाक्त सिनो खाएर लोपोन्मुख गिद्ध मरेका छन् । कावासोती नगरपालिका–३, केरूङ्गे खोलामा विषाक्त सिनो खाएर तीनवटा गिद्ध मरेका हुन । झन्डै १ दर्जन गिद्ध बिरामी भएका छन् । कावासोती–३ को केरूङ्गे खोलामा मरेका तीनवटा स्यालको सिनो खाएका गिद्धहरू मरेको जटायु रेस्टुरेन्टका व्यवस्थापक ईश्वरी चौधरीले बताए । ‘प्रारम्भिक अनुसन्धान अनुसार विषादी खाएर मरेको स्यालको सिनो खाएका कारण गिद्धहरू मरेको देखिन्छ’ ईश्वरी चौधरीले भने ।  

घरपालुवा जनावरले दुःख दिएपछि विष हालेको खाना वा कुनै आहार किसानले राखेको र सोही विषाक्त खाना मृतक स्यालले खाएको हुन सक्ने अनुमान गरिएको छ  । विष खाएर मरेको सोही स्यालको मासु खाएर गिद्ध मरेको डिभिजन वन कार्यालय नवलपुर कावासोतीका सहायक वन अधिकृत शिशिर लम्सालले बताए । उनका अनुसार बिरामी परेका गिद्धको भने उपचार भइरहेको छ । उनका अनुसार जंगली जनावरको मासु खाएर गिद्ध मरेको घटना सम्भवतः नेपालमै यो पहिलो हो ।

गिद्ध मरेको र बिरामी परेको थाहा पाएपछि गिद्ध संरक्षणमा अभियान थालेका जटायु रेस्टुरेन्टका कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका टोली घटनास्थल पुगेका थिए । विषाक्त सिनो खाएर डङ्गर जातको हिमाली गिद्ध मरेको र बिरामी परेको पाइए पछि थप मरेको वा बिरामी भएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको र सो खोजी कार्य केही दिन लाग्न सक्ने उनको भनाइ छ ।

 दुई दिनअघि मात्र डङ्गर जातको १० वटा गिद्ध प्रजनन केन्द्रबाट हुर्काएर प्राकृतिक बासस्थान जंगलमा छाडिएको थियो । गत वर्ष पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा विष खुवाएर मारिएका कुकुरको सिनो खादा ठूलो सङ्ख्यामा गिद्धहरू मरेका थिए । 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ११ : ०४ बजे

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली

अझै निको भएनन् नेयमार, नकआउट चरणसम्म ब्राजिलको टोलीमा फर्किने सम्भावना कमजोर

न्यूयोर्क- ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको नकआउट चरणका खेल

होर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

एजेन्सी– अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ होर्मुज मार्फत ढुवानी

मेस्सी, मार्टिनेज र अल्भारेज चोटमुक्त भएपछि अर्जेन्टिना ढुक्क

कान्सास सिटी– डिफेन्डिङ विश्व विजेता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मंगलबार