सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ खुल्दै « Khabarhub

सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ खुल्दै


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सगरमाथा जलविद्युत कम्पनीले आईपीओ बिक्री खुला गर्न लागेको छ । उक्त आईपीओ चैत ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । 

यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरूको लागि ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर र ३ प्रतिशत अर्थात कम्पनीका कर्मचारीहरूका लागि १ लाख ३१ हजार ४० कित्ता सेयर सुरक्षित गरिएको छ । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । 

यस आईपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ११ : ३० बजे

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार