विशेष अदालतको जरिवाना र कैदको फैसला अन्यायपूर्ण : पूर्वमन्त्री न्यौपाने « Khabarhub

विशेष अदालतको जरिवाना र कैदको फैसला अन्यायपूर्ण : पूर्वमन्त्री न्यौपाने


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेले आफूमाथि गरिएको जरिवाना र कैदको फैसला अन्यायपूर्ण रहेको दाबी गरेका छन् । 

भृकुटीमण्डपको जग्गा भाडामा दिने सम्बन्धमा भएको करार विषयमा विशेष अदालतले उनलाई जरिवाना र कैद सजाय सुनाएको छ । जसलाई उनले अन्यायपूर्ण भनेका हुन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफूमाथि सुनाइएको फैसला कानुन र प्रमाणअनुरुप नभई अन्यायपूर्ण र विवेकहीन जिकिर गरेका हुन् । 

तर, न्यायालयबाट भएको फैसला अन्यायपूर्ण भए पनि आफूले स्वीकार गर्ने न्यौपानेको भनाइ छ । आफ्नो राजनीति भविष्य सिध्याउने खेल भएको आरोप लगाएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ  आफूविरुद्ध मुद्दा चलाएको आरोप लगाए । 

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनका लागि जान आफूसँग पैसासमेत नभएको भन्दै उनले आफूसँग जरिवाना तिर्नसक्ने, धरौटी राख्न सक्ने वा बैंक ग्यारेन्टी दिनपनि सक्ने आर्थिक हैसियत नभएको बताए । 

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १ : ०३ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी