‘नयाँ वर्षमा सबै देशवासीमा राष्ट्रिय एकता कायम रहोस्’ « Khabarhub

‘नयाँ वर्षमा सबै देशवासीमा राष्ट्रिय एकता कायम रहोस्’


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति डा रामवरण यादवले नयाँ वर्ष २०८० मा सम्पूर्ण देशवासीमा राष्ट्रिय एकता कायम रहने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले सम्पूर्ण नेपालीको सुख समृद्धिको कामनासमेत गरेका छन् ।

पूर्वराष्ट्रपति डा यादवले दशकौँको नेपाली नागरिकको ठूलो त्याग, तपस्या र बलिदानीबाट गणतान्त्रिक लोकतन्त्र स्थापना भएकाले यसको स्थायित्व नै सबैको आजको आवश्यकता भएको बताए । सन्देशमा उनले भनेका छन्, ‘लोकतन्त्र सबैभन्दा उत्तम व्यवस्था हो, यसको उपभोग सबै नेपालीले समान रुपमा गर्न पाऊन्, नयाँ वर्षमा परिवार, समाज र राष्ट्रको प्रगति हुन सकोस् ।’ 

लोकतन्त्र नै सभ्य समाज निर्माणका लागि सबैभन्दा समुन्नत व्यवस्था भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले सबै नागरिकले आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिकलगायतका अधिकार समानरूपमा उपभोग गर्न पाउनुपर्नेमा सो सन्देशमा जोड दिएका छन् ।

सन्देशमा भनिएको छ, ‘आज हामी यस्तो गणतान्त्रिक लोकतन्त्रिक समावेशी व्यवस्थामा आइपुगेका छौँ, जुन वर्षौँको त्याग तपस्याले मात्र सम्भव भएको हो, यसलाई सबैले मनन गरौँ र यसबाट लाभलिन सिकौँ, सबैले सबैसँग आपसी सद्भाव कायम राख्न सकौँ ।’ 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १२ : ४४ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६