‘नयाँ वर्षमा सबै देशवासीमा राष्ट्रिय एकता कायम रहोस्’ « Khabarhub

‘नयाँ वर्षमा सबै देशवासीमा राष्ट्रिय एकता कायम रहोस्’


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति डा रामवरण यादवले नयाँ वर्ष २०८० मा सम्पूर्ण देशवासीमा राष्ट्रिय एकता कायम रहने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । नयाँ वर्ष २०८० का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले सम्पूर्ण नेपालीको सुख समृद्धिको कामनासमेत गरेका छन् ।

पूर्वराष्ट्रपति डा यादवले दशकौँको नेपाली नागरिकको ठूलो त्याग, तपस्या र बलिदानीबाट गणतान्त्रिक लोकतन्त्र स्थापना भएकाले यसको स्थायित्व नै सबैको आजको आवश्यकता भएको बताए । सन्देशमा उनले भनेका छन्, ‘लोकतन्त्र सबैभन्दा उत्तम व्यवस्था हो, यसको उपभोग सबै नेपालीले समान रुपमा गर्न पाऊन्, नयाँ वर्षमा परिवार, समाज र राष्ट्रको प्रगति हुन सकोस् ।’ 

लोकतन्त्र नै सभ्य समाज निर्माणका लागि सबैभन्दा समुन्नत व्यवस्था भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले सबै नागरिकले आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिकलगायतका अधिकार समानरूपमा उपभोग गर्न पाउनुपर्नेमा सो सन्देशमा जोड दिएका छन् ।

सन्देशमा भनिएको छ, ‘आज हामी यस्तो गणतान्त्रिक लोकतन्त्रिक समावेशी व्यवस्थामा आइपुगेका छौँ, जुन वर्षौँको त्याग तपस्याले मात्र सम्भव भएको हो, यसलाई सबैले मनन गरौँ र यसबाट लाभलिन सिकौँ, सबैले सबैसँग आपसी सद्भाव कायम राख्न सकौँ ।’ 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १२ : ४४ बजे

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत

फेरि ‘रियल सुपरस्टार’को ट्याग, हिरो पनि स्वीकार्छन्

काठमाडौं – मेकरहरू आफ्नो फिल्मको हिरोको नामको अगाडि विभिन्न ट्याग

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

रुकुमपूर्व– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट