रारामा घुम्न आउने पर्यटकको घुइँचो « Khabarhub

रारामा घुम्न आउने पर्यटकको घुइँचो


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

मुगु– नयाँ वर्ष सुरु भएसँगै मुगुको रारामा घुम्न आउने पर्यटकहरूको घुइँचो लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरुले रारामा भिडभाड बढाएको छ ।  

विशेष गरेर नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरूले भरिएका छन् । समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरुको संख्या अत्याधिक बढेको बताइन्छ । 

 ‘पहिला पर्यटकले यो ठाउँमा सहजै बास पाउने अवस्था थिएन, भक्तपुरबाट घुम्न पुगेका कृष्णभक्त दुवालले भने, ‘तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधासम्पन्न होटलहरु भइसकेका छन् ।’ यही कारण नयाँ वर्षमा रारा घुम्न आउनेहरुको भीड बढेको उनको बुझाई छ ।  

रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृति हेर्नको लागि समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ ।

कसरी जाने रारा ?

रारा जान अहिले हवाइ तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ ।  हवाई मार्गबाट जादा भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिँडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसकेको छ । केही वर्ष अगाडिसम्म सुर्खेतबाट हिँडेर १० दिनमा रारा पुगिन्थ्यो । तर, अहिले त्यस्तो रहेन । अहिले रारा जान १० दिन हिड्न पर्ने अवस्था छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ । 

 काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्लासदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिँडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ ।

 हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ । ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौंबाट नै हवाई यात्रा गर्ने हो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट बिहानको उडानमा नेपालगञ्ज जाने । नेपालगञ्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ ।

 ताल्चाबाट भने दुई घन्टामा रारा पुग्न सकिन्छ । राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसेर पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हेर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नुपर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ । 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ४ : ११ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न